अविवाहित महिलाले नवजात शिशुलाई झाडीमा फालेपछि‘
सारांश
- २० वर्षीया महिलाले बच्चालाई जन्म दिई झाडीमा फालिन् ।
- विहानै बच्चा झाडीमा रोएको सुनेपछि उद्धार भयो ।
- आज विहान काठमाडौंको महाराजगञ्जस्थित पवित्रानगरमा भएको घटनापछि नवजात शिशुलाई उपचारका लागि कान्ति बाल अस्पताल लगियो ।
२० वर्षीया महिलाले बच्चालाई जन्म दिई झाडीमा फालिन् । विहानै बच्चा झाडीमा रोएको सुनेपछि उद्धार भयो ।
आज विहान काठमाडौंको महाराजगञ्जस्थित पवित्रानगरमा भएको घटनापछि नवजात शिशुलाई उपचारका लागि कान्ति बाल अस्पताल लगियो । त्यसपछि शिशु फाल्नेको खोजी हुँदा जन्म दिने महिला पत्ता लागिन् । उनलाई पक्राउ गरी उपचार भइरहेको बुझिएको छ ।
महिला अविवाहित हुन् । उनले लोकलाजले बच्चालाई फालेको हुनसक्ने बुझिएको छ । महिलासँग त्यसबारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।-सांकेतिक तस्बिर
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया