पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
सारांश
- सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी दरमा बढाएको छ ।
- शनिबार बसेको नेपाल आयल निगमको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने निर्णय गरेको छ ।
- खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन ।
- सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी दरमा बढाएको छ । शनिबार बसेको नेपाल आयल निगमको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने निर्णय गरेको छ । खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा १० रुपैयाँका दरले मूल्य बढाएको हो ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजल र मटितेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया