काठमाडौँ उपत्यकामा आइतवार ५९७ जना कोरोना संक्रमित थपिए
सारांश
- काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
- यो संख्या देशभर थपिएका कोरोना संक्रमितको संख्याको आधाभन्दा बढी हो।
- पछिल्लो २४ घण्टामा देशभर १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्या देशभर थपिएका कोरोना संक्रमितको संख्याको आधाभन्दा बढी हो। पछिल्लो २४ घण्टामा देशभर १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जना कोरोना संक्रमित थपिएका हुन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया