रेडियो नेपाल रुपान्तरित हुन्छ ः मन्त्री बाँस्कोटा

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
रेडियो नेपाल रुपान्तरित हुन्छ ः मन्त्री बाँस्कोटा

सारांश

  • काठमाडौँ, २० चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर सार्वजनिक प्रसारण संस्था (पिएसबी) मा रुपान्तरित हुने भएकाले सोही अनुरुपको मनस्थिति बनाउन सम्बन्धित कर्मचारीलाई आग्रह गर्नुभएको छ ।
  • रेडियो नेपालको ६९ औँ वार्षिकोत्सवका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले प्राविधिकरुपमा आधुनिक र आर्थिकरुपमा सक्षम भई जनताका चाहना र अनुसन्धानमा आधारित प्रसारण संस्थाका रुपमा रुपान्तरित हुन आग्रह गर्नुभयो ।
  • पिएसबीका लागि भौतिक र कानूनी प्रबन्ध शुरु भइसकेको छ ।

काठमाडौँ, २० चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर सार्वजनिक प्रसारण संस्था (पिएसबी) मा रुपान्तरित हुने भएकाले सोही अनुरुपको मनस्थिति बनाउन सम्बन्धित कर्मचारीलाई आग्रह गर्नुभएको छ ।

रेडियो नेपालको ६९ औँ वार्षिकोत्सवका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले प्राविधिकरुपमा आधुनिक र आर्थिकरुपमा सक्षम भई जनताका चाहना र अनुसन्धानमा आधारित प्रसारण संस्थाका रुपमा रुपान्तरित हुन आग्रह गर्नुभयो । पिएसबीका लागि भौतिक र कानूनी प्रबन्ध शुरु भइसकेको छ ।

स्रोत र दर्शककोसमेत प्रतिनिधित्व हुने संरचनासहित स्वायत्त संस्थामा रुपान्तरित गरिने पिएसबीको अवधारणामा उल्लेख छ । उहाँले भन्नुभयो, “सम्भवतः अर्काे वर्ष रेडियो नेपालले योरुपमा वार्षिकोत्सव मनाउँदैन । हामी पिएसबीमा गएका हुनेछौँ । त्यसका लागि आइपर्ने चुनौती र अवसरको सामना गर्न तयार हुनुस् । ठूलो प्रशासनिक फेरबदल हुनेछ । रेडियो नेपाल र टेलिभिजनको इतिहासमा उथलपुथल आउनेछ ।”

सरकारले रकम दिन्छ भनेर हात बाँधेर बसेर नहुनेमा जोड दिँदै उहाँले भन्नुभयो, “यो वृद्धभत्ता बाँड्ने संस्था होइन । यसलाई १६ वर्षको जवानीमा फर्काउनुपर्छ । यो देशलाई एउटै मालामा उन्ने राष्ट्रिय आवाज हो । हरेक बिहान मानिसलाई ब्यूँझाउने संस्थामा सबैले इमानदार भएर काम गर्नुपर्छ ।” मन्त्री बाँस्कोटाले देश विकासका लागि विदेशीको पनि होस्टेमा हैँसे आवश्यक हुने भए पनि मागेर नचल्ने भएकाले परिभाषित काममा सबैले मेहनत गर्नुको विकल्प नभएको बताउनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले संस्थाले प्रसारण प्रविधिमा सुधार गर्दै २१ भाषामा कार्यक्रम उत्पादन गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा रु ५१ हजार राशिको रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मानबाट गायक भक्तराज आचार्य र जेबी टुहुरेलाई सम्मानित गरियो ।

वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगिताका प्रथम सुरेश लामा, द्धितीय वेनु क्षत्री र तृतीय जीवन राई पुरस्कृत हुनुभयो । कार्यक्रममा संस्थाको सञ्चालक समितिका पूर्वअध्यक्ष तथा पूर्व सञ्चार सचिवहरुलाई सम्मानित गरियो भने २५ वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरियो ।

उत्कृष्ट कर्मचारीतर्फको पुरस्कार वरिष्ठ प्राविधिक अधिकृत सीताराम श्रेष्ठले प्राप्त गर्नुभयो । स्थानीय समाचारदातातर्फ प्रदेश नं २ का नेहा झा, प्रदेश नं ४ का रोशन तिवारी र प्रदेश नं ५ का डायल्सन अधिकारी पुरस्कृत हुनुभयो । विसं २००७ मा प्रजातन्त्रको उदयसँगै रेडियो नेपालको स्थापना भएको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?