अश्लील गतिविधि गर्ने अधिकृत निरौलालाई २४ घन्टाभित्र हाजिर हुन मन्त्री मोदीको निर्देशन
सारांश
- काठमाडौं ।
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री अमनलाल मोदीले दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाई २४ घन्टाभित्र हाजिर हुन निर्देशन दिएका छन् ।
- मन्त्री मोदीले सोमबार गोप्य÷अति जरुरी लिखित निर्देशन पठाउँदै २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको मन्त्रालयको स्रोतले जानकारी दिएको छ ।
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री अमनलाल मोदीले दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाई २४ घन्टाभित्र हाजिर हुन निर्देशन दिएका छन् ।
मन्त्री मोदीले सोमबार गोप्य÷अति जरुरी लिखित निर्देशन पठाउँदै २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको मन्त्रालयको स्रोतले जानकारी दिएको छ ।
गत शनिबार सरकारी क्वार्टरमा महिलासँगको अश्लील गतिविधि गरेको भिडियो सार्वजनिकपछि उनी विवादमा तानिएका थिए ।
आज विवादित बनेका निरौलालाई दमक नगरपालिकाका कर्मचारीहरुले कार्यालय प्रवेशमा समेत रोक लगाएका थिए ।
मदिराको नशामा एक महिलासँग अश्लील गतिविधि गर्दै गरेको टिकटक लाइभबाट सार्वजनिक भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया