एक दशकभित्र नयाँ आकारको नेपाल बनाउन सकिन्छ : अध्यक्ष प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०७५
|
|
१९ पटक हेरिएको
Shares
एक दशकभित्र नयाँ आकारको नेपाल बनाउन सकिन्छ : अध्यक्ष प्रचण्ड

सारांश

  • काठमाडौं ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक दशकभित्र देशलाई नयाँ आकारको नेपाल बनाउन सकिने बताएका छन् ।
  • अध्यक्ष दाहालले क्षणिक उत्तेजनामा आएर जनताको बलिदानबाट प्राप्त संविधानलाई कमजोर पार्ने खेल खेल्न नहुने बताएका छन् ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक दशकभित्र देशलाई नयाँ आकारको नेपाल बनाउन सकिने बताएका छन् ।

अध्यक्ष दाहालले क्षणिक उत्तेजनामा आएर जनताको बलिदानबाट प्राप्त संविधानलाई कमजोर पार्ने खेल खेल्न नहुने बताएका छन् । संविधान कार्यान्वयन र समृद्धिका यात्रामा देखिएका कमीकमजोरी सच्याउँदै जनआकांक्ष अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

“देशलाई समृद्धिको युगतर्फ लैजाने सकिने सम्भावना प्रशस्त छन्, हामी एक दशकभित्र नयाँ आकारको नेपाल बनाउन सकिन्छ भन्ने निष्कर्षमा पुगेका छौँ । नेपालीको ज्ञान, सीप, प्रकृतिले समृद्ध नेपाल बनाउने सामग्री प्रदान गरेको छ” उनले भने ।

जनताको समृद्धिको आकांक्षा पूरा गर्न सरकार क्रियाशील रहेको भन्दै पूर्वप्रधानमन्त्री दाहालले विकास र समृद्धिमार्फत जनतालाई सामाजिक न्याय प्रदान गर्न सम्पूर्ण ताकत केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

मुलुकमा नयाँ प्रणालीसहितको सरकार गठन भएको उल्लेख गर्दै अध्यक्ष दाहालले सरकार सञ्चालनका क्रममा केही जटिलता देखिएपनि त्यसलाई हल गरेर अगाडि बढ्ने बताए ।

प्रकाश विकल्पको ‘देश किन बनेन’ पुस्तक विमोचन गर्दै संकीर्ण स्वार्थका कारण संविधानबाट निर्मित प्रणाली र संरचनालाई कमजोर पार्ने भूल कसैले गर्न नहुने बताए ।

राष्ट्रिय एकता र सहमतिबाट बनेको संविधानलाई कमजोर पार्ने अभ्यास भइरहेको बताए । अध्यक्ष दाहालले संविधानका आधारस्तम्भका रुपमा रहेका गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रणाली र सङ्घीयतालाई असफल पार्ने दुश्प्रयास मुलुकका लागि भयानक गल्ती ठहरिने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?