दुनियाँका अगाडि टिकट विक्री र लिलामी भएको कुरा आइरहेको छ छानविन हुनुपर्छ : गुरुङ

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १४, २०७४
|
|
५१ पटक हेरिएको
Shares
दुनियाँका अगाडि टिकट विक्री र लिलामी भएको कुरा आइरहेको छ छानविन हुनुपर्छ : गुरुङ

सारांश

  • काठमाण्डौ ,चैत १४,   नेपाली कांग्रेसका नेता धनराज गुरुङले केन्द्रिय समिति बैठकमा कांग्रेसका कमी कमजोरी सुधारेर अगाडि बढ्ने विषयमा छलफल केन्द्रित भएको बताएका छन् ।
  • गत ९ गतेदेखि कांग्रेसको केन्द्रिय समिति बैठक पार्टी कार्यालय सानेपा ललितपुरमा बसिरहेको छ ।
  • बैठकको एजेण्डा चुनावमा कांग्रेसले बेहोरेको हारको समिक्षालाई पहिलो प्राथमिकतामा छ ।

काठमाण्डौ ,चैत १४,   नेपाली कांग्रेसका नेता धनराज गुरुङले केन्द्रिय समिति बैठकमा कांग्रेसका कमी कमजोरी सुधारेर अगाडि बढ्ने विषयमा छलफल केन्द्रित भएको बताएका छन् ।

गत ९ गतेदेखि कांग्रेसको केन्द्रिय समिति बैठक पार्टी कार्यालय सानेपा ललितपुरमा बसिरहेको छ । बैठकको एजेण्डा चुनावमा कांग्रेसले बेहोरेको हारको समिक्षालाई पहिलो प्राथमिकतामा छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले चुनावमा बहोरेको अनपेक्षित नतिजा, टिकट वितरणमा भएका कमी कमजोरी र घात अन्तरघातका विषयमा छलफल केन्द्रित भएको बताए ।

“दुनियाँका अगाडि टिक विक्रि भएको छ, लिलामी भएको कुरा आइरहेको छ । यसका लागि पनि न्यायिक छानविन समिति गठन गर्नुपर्छ । त्यसपछि जे हो त्यही कुरा बाहिर आउँछ ।” गुरुङले भने ।

बैठकले ढिलोमा जेठभित्र बस्ने गरी महासमितिको बैठक बोलाउने उनले बताए । विधान नै संशोधन गर्नुपर्ने अवस्था रहेकाले जति सक्दो छिटो महासमितिको बैठक बोलाउनुपर्ने उनको तर्क छ ।

देश नयाँ संरचनामा गइसके पनि कांग्रेसको संगठन पुरानै संरचनाअनुसार भएकाले विधान संशोधन गरेर नयाँ संरचनाअनुसार पार्टीको संगठन निर्माण गर्नका लागि महासमितिको बैठक अनिवार्य भएको गुरुङले बताए ।

महासमितिको बैठकपछि महाधिवेशन नै कांग्रेसको प्रस्थानविन्दु हुने गुरुङको भनाई छ ।

चुनाव हारेको विषयमा भने सिङ्गो केन्द्रिय समितिले आत्मालोचना गर्नुपर्ने उनको तर्क छ । एकअर्कालाई दोष थोपरेर पार्टीमा सुधार नहुने उनको तर्क छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Mohan Kayasta

    NC is setting sun now.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश
श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
निर्वाचन विरोधी गतिविधिमा सक्रिय दुई झापामा पक्राउ
निर्वाचन विरोधी गतिविधिमा सक्रिय दुई झापामा पक्राउ
स्थानीय तहदेखि नै खेलाडी उत्पादनमा सरकारले लगानी वृद्धि गर्नुपर्छ ः अध्यक्ष श्रेष्ठ
स्थानीय तहदेखि नै खेलाडी उत्पादनमा सरकारले लगानी वृद्धि गर्नुपर्छ ः अध्यक्ष श्रेष्ठ
गृहमन्त्री शर्मा को बिप्पलव लाई प्रश्न कुन नैतिकताले चुनाब बिथोल्न खोज्दै  छौ ??
गृहमन्त्री शर्मा को बिप्पलव लाई प्रश्न कुन नैतिकताले चुनाब बिथोल्न खोज्दै छौ ??
नेपालबाट मनसुन बाहिरियो
नेपालबाट मनसुन बाहिरियो
दूरसञ्चार कम्पनीहरुको ३ अर्ब बक्यौता : अर्थ समितिले थाल्यो अध्ययन
दूरसञ्चार कम्पनीहरुको ३ अर्ब बक्यौता : अर्थ समितिले थाल्यो अध्ययन
अध्यक्षद्धयको प्रतिवेदन अस्विकृत भएको हैन, आज पारित हुन्छ : रायमाझी
अध्यक्षद्धयको प्रतिवेदन अस्विकृत भएको हैन, आज पारित हुन्छ : रायमाझी
भोट माग्दै दलहरु घरदैलोमा, पुराना कुरा उठाउँदै सर्वसाधारण
भोट माग्दै दलहरु घरदैलोमा, पुराना कुरा उठाउँदै सर्वसाधारण
दीपक मनाङले खाए सांसदको सपथ, आजदेखि माननीय
दीपक मनाङले खाए सांसदको सपथ, आजदेखि माननीय