‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १७, २०७७
|
|
४० पटक हेरिएको
Shares
‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

सारांश

  •   काठमादौं , पशुपतिनाथ मन्दिरभित्र शिवलिंगमा सुनको जलहरी राख्ने विषय यसै पनि विवादास्पद आएको छ   सर्वोच्च अदालतले समेत छलफलको टुंगो नलागेसम्म जलहरी लगाउने कार्य नगर्नू/नगराउनू भन्दै अन्तरकालीन आदेश जारी गरेको छ ।
  • तर पशुपति क्षेत्र विकास कोषले बिहीबार ९६ केजी सुन लगाइसकेको छ ।
  • पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा.

 

काठमादौं ,

पशुपतिनाथ मन्दिरभित्र शिवलिंगमा सुनको जलहरी राख्ने विषय यसै पनि विवादास्पद आएको छ   सर्वोच्च अदालतले समेत छलफलको टुंगो नलागेसम्म जलहरी लगाउने कार्य नगर्नू/नगराउनू भन्दै अन्तरकालीन आदेश जारी गरेको छ । तर पशुपति क्षेत्र विकास कोषले बिहीबार ९६ केजी सुन लगाइसकेको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क भएको बताएका छन् । सञ्चारकर्मीको जिज्ञासामा शनिबार उनले भने, ‘मान्छेलाई भ्रम परेको छ, यो प्राणप्रतिष्ठा हो भनेर । जब मन्दिर भत्किएर नयाँ बनाइन्छ वा जीर्णोद्धार गरिन्छ वा नयाँ मूर्ति राखिन्छ अनि प्राणप्रतिष्ठा गरिन्छ तर यो भगवानको आजको श्रृंगार भोलि उतारे जस्तै एउटा जलहरीको ठाउँमा अर्को राखिएको हो ।’

वर्षमा चारवटा नवरात्र हुन्छन् चैत्र नवरात्र, शारदीय नवरात्र, माघ र आषाढ शुक्लमा पर्ने गुप्त नवरात्र । अहिले माघ शुक्ल पक्ष हो, यसमा काम्यकर्मलाई वर्जित हुन्छ, नित्यकर्ममा वर्जित नभएको एक धर्मगुरुले पुष्टि गरे । जलहरी भगवानलाई चढाइएको गहना हो यसमा प्राणप्रतिष्ठा गर्नुपर्ने जरुरी नभएकाले बेकारको तर्क गर्नु नपर्ने डा. थापाको तर्क छ ।

श्रीपशुपतिनाथमा गतवर्षदेखि नै महारुद्री गर्ने भनेर तयार गरिएको थियो । गत वर्षको चैत्र नवरात्रमा गर्ने भनिए पनि कोभिडका कारण स्थगित भएकाले गर्न सकिएको थिएन । आषाढ शुक्ल पक्षमा मूलभट्टले नै यसका लागि संकल्प गरेका थिए । यो नवरात्र सतचण्डी पनि गर्नका लागि रोजिएको कोषाध्यक्ष थापाले बताए । उनका अनुसार, भारतका वनारस र काशीका मन्दिरहरूमा पनि सुनकै जलहरी राखिएको छ । ‘विश्वनाथ मन्दिरमा त खम्बा नै सुनको छ, त्यहाँ पनि भगवानको पीठिका जलहरी, मुकुट र पाउ पनि पूरै सुनैसुनको छ । भारतका तिरुपती र सोमनाथ मन्दिरमा त हीराकै मुकुट छ भने गुहावटीस्थित कामाख्या मन्दिरमा गजुर नै सुनैसुनको छ’, उनले भने, ‘नेपालमा त्यसमा पनि पशुपतिनाथ मन्दिरमा किन नहुने पुरातत्व विभागले मापदण्ड विपरीत वा बिग्रिने गरी राखेको भए रोकिसक्थ्यो त्यो पनि छैन ।’ रणबहादुर शाहले तामाको जलहरी राखेकोमा श्री ५ महेन्द्रले चाँदीको फेर्न हुन्छ भने चाँदीको ठाउँमा सुनको राख्न नहुने कसरी हुन्छ भनी उनले प्रश्न गरे । जतिसक्यो राम्रो मन्दिर, मूर्ति बनाउने र सजाउने कुरा जताततैका मठमन्दिरका उदाहरण सबैसामू छर्लंग भएको उनले जानकारी दिए ।

पशुपतिनाथको मन्दिरमा सुपुष्पदेव नामका राजाले सुवर्ण सुन को छानो बनाएर चढाउनुभयो भन्ने कुरा त अभिलेख र वंशावलीहरुमा नै उल्लेख छ । ‘चढाउनै नहुने भए त्यतिबेला किन चढाइयो त्यो हुने यो नहुने भन्ने हुन्छ’ डा थापाले भने ।

इतिहासविद् ज्ञानमणि नेपालको पुस्तक ‘दर्शन स्पर्शनमा समीक्षा’ मा पनि सुपुष्पदेवले पशुपतिको छानो सुनको बनाएर राखेको उल्लेख छ । कूलचन्द्र कोइरालाको ‘नेपालका आराध्यदेव भगवान् श्रीपशुपतिनाथ’ नामक कृतिमा पनि यस सम्बन्धमा उल्लेख गरिएको छ । डा. स्वामी प्रपन्नाचार्यको पुस्तक ‘६४ शिवलिंगको विश्लेषणात्मक अनुसन्धान’ मा लेखिएको छ, ‘शिवलिंग दुई प्रकारका हुन्छन्, प्राकृत र कृत ।’ मानवले निर्माण र प्राणप्रतिष्ठान गरी पूजन गरेको लिंग कृत हो भने प्रकृतिको गर्भभित्र भएका ढुंगाको शिवलिंग प्राकृत हो भनिएको छ ।

शिवलिंगको इतिहासका बारेमा स्कन्द पुराण केदारखण्डको ३१औं अध्यायमा १४ शिवलिंग पुज्ने गरिएको र तीमध्ये नौं नम्बरमा स्वर्णलिंग शब्द लेखिएको छ ।

 

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नम्बर ३ को राजधानी यथावत हुन्छ : मुख्यमन्त्री पौडेल
प्रदेश नम्बर ३ को राजधानी यथावत हुन्छ : मुख्यमन्त्री पौडेल
हार्डवेयर पसलबाट नगद चोरी, काम गर्ने युवक पक्राउ
हार्डवेयर पसलबाट नगद चोरी, काम गर्ने युवक पक्राउ
सनसिटी अपार्टमेन्टमा भेटिएका २ जनामा कोरोना पुष्टि, एकको रिपोर्ट आउन बाँकी
सनसिटी अपार्टमेन्टमा भेटिएका २ जनामा कोरोना पुष्टि, एकको रिपोर्ट आउन बाँकी
पाकिस्तानको पञ्जाबमा पूर्व प्रधानमन्त्री खान पक्षधरको प्रदर्शन, करिब एक हजार पक्राउ
पाकिस्तानको पञ्जाबमा पूर्व प्रधानमन्त्री खान पक्षधरको प्रदर्शन, करिब एक हजार पक्राउ
दुई संसदीय समितिमा दुई जनाको मात्रै उम्मेदवारी
दुई संसदीय समितिमा दुई जनाको मात्रै उम्मेदवारी
गृह मन्त्रालयबाट पहुँचवाला प्रहरीले भनसुनबाट पाउने तक्मा हटाइने
गृह मन्त्रालयबाट पहुँचवाला प्रहरीले भनसुनबाट पाउने तक्मा हटाइने
एकल लोक गायन प्रतियोगिता आयोजना हुने, यस्तो छ तयारी
एकल लोक गायन प्रतियोगिता आयोजना हुने, यस्तो छ तयारी
सुन्दरीजलका तामाङ लिखु खोलामा मृत भेटिए
सुन्दरीजलका तामाङ लिखु खोलामा मृत भेटिए
विशेष महाविधेशन बोलाएर नेतृत्व परिवर्तन गर्नेबारे कांग्रेसमा छलफल सुरु, असन्तुष्ट नेताहरुको यस्तो छ डरलाग्दो तयारी
विशेष महाविधेशन बोलाएर नेतृत्व परिवर्तन गर्नेबारे कांग्रेसमा छलफल सुरु, असन्तुष्ट नेताहरुको यस्तो छ डरलाग्दो तयारी
पानीजहाज डुब्दा कम्तीमा ७३ आप्रवासीको मृत्यु : संयुक्त राष्ट्रसङ्घ
पानीजहाज डुब्दा कम्तीमा ७३ आप्रवासीको मृत्यु : संयुक्त राष्ट्रसङ्घ