असिनापानीबाट दुई करोडको सुन्तला नष्ट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ८, २०७५
|
|
३१ पटक हेरिएको
Shares
असिनापानीबाट दुई करोडको सुन्तला नष्ट

सारांश

  • वालिङ, ८ कात्तिक ,असिनापानीले स्याङ्जामा रु दुई करोड बढीको सुन्तला नष्ट भएको छ ।
  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरणअनुसार जिल्लाको पुतलीबजार नगरपालिकाका वडा नं १०, ११, १३ र १४ एवं भीरकोट नगरपालिकाको १ नं वडामा गरी कूल ५०९ मेट्रिकटन सुन्तला नष्ट भएको हो ।
  • “गत असोज २१ गते विशेषगरी पुतलीबजार नगरपालिकाका विभिन्न भेगमा ठूलो असिनापानी आयो र हामीले यस कार्यालयबाट एक हप्ताको समयमा सम्बन्धित क्षेत्रमा पुगेर क्षतिको विवरण सङ्कलन ग¥यौँ” बरिष्ठ कृषि अधिकृत मदनकुमार श्रेष्ठले भन्नुभयो, “असिनापानीले सुन्तलाबालीमा ठूलो क्षति पु¥याएको छ ।

वालिङ, ८ कात्तिक ,असिनापानीले स्याङ्जामा रु दुई करोड बढीको सुन्तला नष्ट भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरणअनुसार जिल्लाको पुतलीबजार नगरपालिकाका वडा नं १०, ११, १३ र १४ एवं भीरकोट नगरपालिकाको १ नं वडामा गरी कूल ५०९ मेट्रिकटन सुन्तला नष्ट भएको हो ।

“गत असोज २१ गते विशेषगरी पुतलीबजार नगरपालिकाका विभिन्न भेगमा ठूलो असिनापानी आयो र हामीले यस कार्यालयबाट एक हप्ताको समयमा सम्बन्धित क्षेत्रमा पुगेर क्षतिको विवरण सङ्कलन ग¥यौँ” बरिष्ठ कृषि अधिकृत मदनकुमार श्रेष्ठले भन्नुभयो, “असिनापानीले सुन्तलाबालीमा ठूलो क्षति पु¥याएको छ ।”

असिनापानीले सबैभन्दा धेरै पुतलीबजार नपा १० मा २१४, ११ नं वडामा १८६, १३ नं वडामा ८७, भीरकोट नपा १ नं वडामा ११ र पुतलीबजार १४ नं वडामा ११ गरी कूल ५०९ मेट्रिकटन सुन्तला नष्ट भएको बरिष्ठ कृषि अधिकृत श्रेष्ठले बताउनुभयो ।

बजार मूल्य प्रतिकिलो रु ४० का दरले सबैभन्दा धेरै पुतलीबजार १० मा ८५ लाख ५१ हजार २८७, ११ नं वडामा ७४ लाख ५५ हजार ७१३, १३ नं वडामा ३४ लाख ७० हजार ९७६, भीरकोट नपा १ नं वडामा चार लाख ५७ हजार ४५२ र पुतलीबजार १४ नं वडामा चार लाख ४४ हजार २४७ गरी कूल रु दुई करोड तीन लाख ७९ हजार ६७५ मूल्यको सुन्तला क्षति भएको हो ।

पुतलीबजार नपा १० राङखोलाका सुन्तला व्यवसायी मुक्ति अधिकारीको एक हजार सुन्तलाका बोट छन् । अब बिक्री गर्नका लागि समय हुनै लागेका बेला एक्कासी आएको असिनापानीले उहाँको सुन्तला बगैँचामा रहेका ८० प्रतिशत सुन्तलामा क्षति पु¥याएको छ ।

“गत वर्ष २९ टन सुन्तला बिक्री गरेको थिएँ, यसवर्ष ४० देखि ४५ टन सुन्तला फलेको थियो” सुन्तला व्यवसायी अधिकारीले भन्नुभयो, “यस वर्ष असिनापानीले सुन्तला सखाप पा¥यो, झण्डै रु ३० लाखको क्षति भएको अनुमान गरेको छु ।”

गत वर्ष दुई लाख ८० हजारको सुन्तला बिक्री गर्नुभएका पुतलीबजार १३ सातुपसलका अर्जुन रेग्मीलाई पनि असिनापानीले चिन्ता थपिदिएको छ । “३०० बोटमा गत वर्षभन्दा यस वर्ष सुन्तला अझै धेरै फलेको थियो”, सुन्तला व्यवसायी रेग्मीले भन्नुभयो, “असिनाले चोट पु¥याएका सुन्तला कुहिएर, ओइलिएर झर्ने क्रम जारी रहेकाले क्षतिको परिमाण अझै बढ्न सक्छ ।”

स्वादिलो सुन्तलाका रूपमा पहिचान रहेको स्याङ्जाको सुन्तला बिक्रीका लागि तयारी भइरहेका बेला असिनापानीले क्षति गरेपछि सुन्तला व्यवसायी चिन्तित छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टेरेन्टिनोको नयाँ फिल्ममा लियोनार्दो खेल्ने पक्का
टेरेन्टिनोको नयाँ फिल्ममा लियोनार्दो खेल्ने पक्का
अवैध मुद्रासहित बंगलादेशी नागरिक प्रहरीको नियन्त्रणमा
अवैध मुद्रासहित बंगलादेशी नागरिक प्रहरीको नियन्त्रणमा
कांग्रेसद्वारा सांसद भण्डारीको स्वास्थ्यलाभको कामना
कांग्रेसद्वारा सांसद भण्डारीको स्वास्थ्यलाभको कामना
युवतीले सार्वजनिक बसमा हस्तमैथुन गर्ने व्यक्तिको भिडियो अपलोड गरेपछि…
युवतीले सार्वजनिक बसमा हस्तमैथुन गर्ने व्यक्तिको भिडियो अपलोड गरेपछि…
अपराह्नपछि बदली र वर्षाको सम्भावना
‘अघिल्लो वर्षको बजेट निर्माण गर्नेगरि देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ ’:रक्षामन्त्री
‘अघिल्लो वर्षको बजेट निर्माण गर्नेगरि देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ ’:रक्षामन्त्री
कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले इरानका हजारौँ कैदी रिहा
कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले इरानका हजारौँ कैदी रिहा
नेकपा एमाले कसैले पालेकाे घरपालुवा कुकुर हाेइन: प्रधानमन्त्री अाेली
काठमाडौंमा शनिबार हुने भनिएको मोटरसाइकल र्‍याली प्रशासन द्वारा निषेध
काठमाडौंमा शनिबार हुने भनिएको मोटरसाइकल र्‍याली प्रशासन द्वारा निषेध
अर्जेन्टिनाले जित्यो विश्वकप
अर्जेन्टिनाले जित्यो विश्वकप

तपाईंले छुटाउनुभयो कि?