अवैध मुद्रासहित बंगलादेशी नागरिक प्रहरीको नियन्त्रणमा
सारांश
- काठमाडौं ।
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना बंगलादेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- उनललाई विमानस्थलबाट अवैध रूपमा विदेशी मुद्रा लुकाई बाह्य मुलुकतर्फ लैजाने क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना बंगलादेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनललाई विमानस्थलबाट अवैध रूपमा विदेशी मुद्रा लुकाई बाह्य मुलुकतर्फ लैजाने क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले आज सोमबार बिहान १० हजार अमेरिकी डलर र ४९ हजार बंगलादेशी टाका सहित बंगलादेशी नागरिक जहङ्गीर आलोमलाई बंगलादेश एयरलाइन्सको उडानबाट बंगलादेश जान लागेका बेला विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।
विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको व्यागबाट उक्त विदेशी मुद्रा फेला परेको प्रहरीले जनाएको छ ।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीलले जानकारी दिएको छ ।
प्रतिक्रिया