अर्जेन्टिनाले जित्यो विश्वकप

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ४, २०७९
|
|
२२ पटक हेरिएको
Shares
अर्जेन्टिनाले जित्यो विश्वकप

सारांश

  • काठमाडौं– सन् २०२२ को विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले पाएको छ ।
  • कतारमा भएको विश्वकप फुटबलको फाइनलमा फ्रान्सलाई पेनाल्टीमा ४–२ ले हराउँदै अर्जेन्टिना उपाधि विजेता भएको हो ।
  • निर्धारित तथा थपिएको समयमा ३–३ को बराबरी भएपछि पेनाल्टी शूटआउटमा विश्वकप छिनोफानो भएको हो ।

काठमाडौं– सन् २०२२ को विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले पाएको छ ।

कतारमा भएको विश्वकप फुटबलको फाइनलमा फ्रान्सलाई पेनाल्टीमा ४–२ ले हराउँदै अर्जेन्टिना उपाधि विजेता भएको हो ।

निर्धारित तथा थपिएको समयमा ३–३ को बराबरी भएपछि पेनाल्टी शूटआउटमा विश्वकप छिनोफानो भएको हो ।

पेनाल्टीमा फ्रान्सले दुई मौका गुमाउँदा अर्जेन्टिनालाई विश्वकप ट्रफी उचाल्ने मौका मिल्यो । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।

पहिलो हाफमा दुई गोल गरेको अर्जेन्टिना विरुद्ध दोस्रो हाफमा फ्रान्स चम्कियो ।

फाइनलमा फ्रान्सका किलियन एम्बापेको ह्याट्रिक गरे । उनले ८०, ८१ र ११८ औं मिनेटमा गोल गरे ।

खेलको २२ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले पेनाल्टीमा गोल गरेर अग्रता लिएका थिए । उनले १०८ औं मिनेटमा अर्को गोल गरेका थिए ।

३६ औं मिनेटमा अर्जेन्टिनाको एन्जेल डी मारियाले अर्को गोल थपेका थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    gate.io

    The point of view of your article has taught me a lot, and I already know how to improve the paper on gate.oi, thank you. https://www.gate.io/pt-br/signup/XwNAU

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?