अपराह्नपछि बदली र वर्षाको सम्भावना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ६, २०७७
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित पहाडी भूभागका केही स्थानमा अपराह्नपछि बदली र हल्का वर्षा हुने भएको छ ।
  • प्रि–मनसुनको समय नजिकिएकै कारण अपराह्नपछि मौसममा परिवर्तन भएको हो ।
  • शुक्रबारदेखि दुई–तीन दिन पहाडी भूभागमा आंशिक बदली हुने तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए ।

पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित पहाडी भूभागका केही स्थानमा अपराह्नपछि बदली र हल्का वर्षा हुने भएको छ । प्रि–मनसुनको समय नजिकिएकै कारण अपराह्नपछि मौसममा परिवर्तन भएको हो ।

शुक्रबारदेखि दुई–तीन दिन पहाडी भूभागमा आंशिक बदली हुने तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए । उनका अनुसार तापक्रम बढ्दा स्थानीय वायुको प्रभाव बढ्ने र केही समयमै मौसममा फेरबदल आउँछ । महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मेसम्म चल्छ । प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित श्रणिक वर्षा हुन्छ ।

हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा छ । प्रदेश नं २, वाग्मतीलगायत देशका पहाडी भूभागमा अपराह्न आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाका साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

प्रदेश नं १ र २ लगायत देशका पहाडी भूभागमा शुक्रबार आंशिकदेखि सामान्य बदली भई उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हलका हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव शून्य र अधिकतम तापक्रम २३ दशमलव ३ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव शून्य डिग्री सेल्सियस छ ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?