टेरेन्टिनोको नयाँ फिल्ममा लियोनार्दो खेल्ने पक्का
सारांश
- एजेन्सी, पुस २९ ।
- चाल्स म्यानसनले गरेको हत्यामा आधारित फिल्ममा टाइटनिक फेम लियोनार्दो डि क्यापरियोले अभिनय गर्ने भएका छन् ।
- शुक्रबार सार्वजनिक भएको समाचारका अनुसार फिल्ममा लियोनार्दोले ढल्कदो उमेरका कामबिहिन एक अभिनेताको भूमिकामा अभिनय गर्नेछन् ।
एजेन्सी, पुस २९ । चाल्स म्यानसनले गरेको हत्यामा आधारित फिल्ममा टाइटनिक फेम लियोनार्दो डि क्यापरियोले अभिनय गर्ने भएका छन् ।
शुक्रबार सार्वजनिक भएको समाचारका अनुसार फिल्ममा लियोनार्दोले ढल्कदो उमेरका कामबिहिन एक अभिनेताको भूमिकामा अभिनय गर्नेछन् । फिल्मलाई ओस्कार विजेता निर्देशक क्वीन्टिन टेरेन्टिनोले निर्माण एवम निर्देशन गर्नेछन् ।
फिल्मले २० औं शताब्दीमा कुख्यात हत्याराको कुख्याती कमाएका म्यानसनको जीवनीमा आधारित हुनेछ । उनले एक अभिनेत्रीसहित ९ मानिसको हत्या गर्ने आदेश दिएका थिए । जेलमा आजीवन कारावासको सजाय पाइरहेका म्यानसनको नोभेम्बरमा ८३ वर्षमा निधन भइसकेको छ ।
फिल्म आगामी वर्ष अगस्ट ९ मा रिलिज हुनेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया