आइतबार भित्र लाइसेन्स छाप्ने मास प्रिन्टर आउने
सारांश
- आगामी आइतवारभित्र ठूलो परिमाणमा लाइसेन्स छाप्ने ‘मास प्रिन्टर’ आइपुग्ने भएको छ।
- लाइसेन्स छाप्ने जिम्मा पाएको मद्रास प्रिन्टरसगँ अप्रिल ३० मा ७५ दिनमा मास प्रिन्टर ल्याउने गरि सम्झौता भएकोले २९ गतेभित्र मास प्रिन्टर आइपुग्ने यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए।
- ‘प्रिन्टर आएपछि टेक्निकल इरर आएन भने इन्स्टल गर्न १५ दिन र अन्य व्यवस्थापन मिलाउन १५ गरी १ महिनाभित्र छपाइमा जान्छौँ,’ दाहालले भने।
आगामी आइतवारभित्र ठूलो परिमाणमा लाइसेन्स छाप्ने ‘मास प्रिन्टर’ आइपुग्ने भएको छ। लाइसेन्स छाप्ने जिम्मा पाएको मद्रास प्रिन्टरसगँ अप्रिल ३० मा ७५ दिनमा मास प्रिन्टर ल्याउने गरि सम्झौता भएकोले २९ गतेभित्र मास प्रिन्टर आइपुग्ने यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए।
‘प्रिन्टर आएपछि टेक्निकल इरर आएन भने इन्स्टल गर्न १५ दिन र अन्य व्यवस्थापन मिलाउन १५ गरी १ महिनाभित्र छपाइमा जान्छौँ,’ दाहालले भने।
अहिले ल्याउन लागिएको ‘मास प्रिन्टर’ले दैनिक ८ हजार र मासिक २ लाख ४० हजार लाइसेन्स छप्न सक्ने दाहालले जानकारी दिए।
हाल प्रकृया पूरा गरेका ६ लाख चालकले रसिदकै भरमा सवारी चलाइरहेका छन्। विभागको योजना अनुसार नै काम भयो भने ३ महिनाभित्रै सम्पूर्ण ‘व्याक लक’ हटेर सेवाग्राहीले समयमा लाइसेन्स पाउनेछन्।
विभागमा भएका ६ ओटा मेसिनबाट दैनिक २५ सयदेखि ३ हजार कार्ड प्रिन्ट हुन्छन्। तर आवश्यकता भने करिव ६ हजारको रहेको विभागले जनाएको छ।
मद्रास प्रिन्टर्सले आइतबारभित्रै मास प्रिन्टर ल्याउन नसके दैनिक रुपमा जरिवाना लिइने उनको भनाइ छ।
प्रिन्टरसँगै मद्रासले १० लाख कार्ड ल्याउने सम्झौता पनि भएको छ। मद्रास प्रिन्ट्सले २ पटक गरेर १० लाख कार्ड विभागलाई बुझउनु पर्ने छ। हाल विभागसगँ ६० हजार मात्र कार्ड बाकीँ छन्।
५४ करोड पर्ने कचौरा, थाहा नपाउँदा सम्म टेनिस बल राख्थे यी दम्पत्ति
वर्षौंसम्म घरको एउटा कुनामा राखिएको सामानले पनि करोडपती बनाउन सक्छ । स्विटजरल्याण्डका एक दम्पत्तिले (४.९ मिलियन डलर) ५४ करोड रुपैयाँ पर्ने कचौरा टेनिस बल राख्न प्रयोग गरिरहेका थिए । उक्त कचौरा ती दम्पत्तिले चीनको यात्राको क्रममा खरिद गरेको बताए । लिलामी विशेषज्ञका अनुसार उक्त कचौरा १७ औं शताब्दीको हो ।
कचौराका मालिकका अनुसार उक्त कचौरा यति दुर्लभ र विशेष छ भन्नेबारे आफूलाई थाहै थिएन । स्विस अक्सनियर कोलर अक्सन ती स्विस परिवारको घरमा केही वस्तुको मूल्याङ्कनका लागि जाँदा उक्त कचौरा देखेर जिल खाएको सिएनएनले बताएको छ । यो चिनियाँ शासकका लागि बनाएको हुनसक्ने अनुमान गरिएको छ ।
‘जब उनीहरुले उक्त कचौरा देखे तब चकित भए । उनीहरुले यस्तो पहिले कहिले देखेका थिएनन्,’ कोलर अक्सनका मिडिया रिलेशन एवं मार्के्टिङका प्रमुख कार्ल ग्रीनले सिएनएनलाई भने ।
परिवारले उक्त कचौरालाई बर्लिनको संग्रहालयमा राख्ने प्रस्ताव पनि राखे तर यसमा उनीहरुले रुची नदेखाएको बताइएको छ । यस्तै, ब्रिटिश अक्सन हाउसले पनि यो १९ औं शताब्दीको हुनसक्ने बताउँदै फोटो हेरेर नै यसलाई अस्विकार गरेको थियो ।
‘त्यसपछि परिवारले यो खासै मूल्यवान् र विशेष नभएको सोचे तर यो उनीहरुलाई निकै मन परेको थियो । यसलाई उनीहरुले दराजमा राखेका थिए । घरमा कचौरा भएपछि त्यसमा केही सामान त राखिन्छ र यसमा उनीहरुले टेनिस बल राखेका थिए,’ ग्रीनले भने ।
कोलर अक्सनले लिएपछि उक्त कचौराले सनसनी नै मच्चायो । हंगकंगमा आयोजिक एन्टिक फेयरमा यसलाई राखेपछि ३० जनाले यसलाई घरमा लैजाने इच्छा देखाए ।
‘कोरल अक्सनका विशेषज्ञलाई लाग्छ कि कचौराको दुईतिर फिनिक्स चराको डिजाइन दिएको र यसको क्वालिटी हेर्दा यो सम्भवतः चिनियाँ शासकका लागि बनाएको हुनुपर्छ,’ ग्रीनले भने ।
‘जब तपाईंले त्यतिबेला बनाइएका अन्य धुप बाल्ने भाँडो वा पित्तलका अन्य सामान हेर्नुहुन्छ भने यो ती सामानभन्दा निकै उत्कृष्ट छन् ।’
यसलाई लिलामीमा राख्दा यो ५४ करोड रुपैयाँमा रोकियो । ५४ करोड तिरेर एक चिनियाँ व्यक्तिले यसलाई चीन नै फिर्ता लगेका छन् । चीनका कोलरले यसलाई आफ्नो इन्स्टाग्राम पेजमा पनि सेयर गरेको छ ।
प्रतिक्रिया