६ लाख धरौटी बुझाएर छुटे साह

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २३, २०७५
|
|
४० पटक हेरिएको
Shares
६ लाख धरौटी बुझाएर छुटे साह

सारांश

  • काठमाडौं ।
  • बृहत् जनकपुर क्षेत्र विकास परिषद्मा भ्रष्टाचार गरेको आरोप तत्कालीन कार्यकारी निर्देशक सूर्यदेव साह ६ लाख रुपैयाँ धरौटी विशेष अदालतमा बुझाएर छुटेका छन् ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६२ लाख रुपैयाँ बढी भ्रष्टाचार गरेको मुद्दा दर्ता गरेको थियो ।

काठमाडौं । बृहत् जनकपुर क्षेत्र विकास परिषद्मा भ्रष्टाचार गरेको आरोप तत्कालीन कार्यकारी निर्देशक सूर्यदेव साह ६ लाख रुपैयाँ धरौटी विशेष अदालतमा बुझाएर छुटेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६२ लाख रुपैयाँ बढी भ्रष्टाचार गरेको मुद्दा दर्ता गरेको थियो ।

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश बाबुराम रेग्मी तथा न्यायाधीशहरु चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले धरौटीमा छुट्ने आदेश जारी गरेको विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेले जानकारी दिए ।

परिषद्मा भ्रष्टाचार गरेको आरोपमा परिषद्का तत्कालीन अध्यक्ष दिगम्बर रायसहित १० जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो । परिषद्का तत्कालीन कार्यकारी निर्देशक साहले ६२ लाख ८८ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले दर्ता गरेको आरोपपत्रमा उल्लेख छ ।

भारतीय सरकारको सहयोगमा सञ्चालित धनुषाको जनकपुरधामस्थित परिषद्मा ८ परियोजनामध्ये ५ वटा बोलपत्रको मूल्यांन गर्दा लगत अनुमानभन्दा ३० प्रतिशत बढी देखाइएको थियो । अख्तियारले ७६ लाख २८ हजार रुपैयाँ हिनामिना गरेको दाबी आरोपपत्रमा उल्लेख छ ।

परिषद्बाट रङ्गभूमि मैदान, गङ्गासागर र तिरहुतिया गाछी संरक्षणलगायत विभिन्न आठ वटा ठेक्कामा भ्रष्टाचार भएको हुँदा तत्कालीन दुई कार्यकारी निर्देशक, प्रोजेक्ट इञ्जिनीयर र ठेकेदारका दुई जना प्रतिनिधिविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?