चुनावमा सहभागी भएर लोकतान्त्रिक उत्सव सफल पारौंः प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ९, २०७४
|
|
५८ पटक हेरिएको
Shares
चुनावमा सहभागी भएर लोकतान्त्रिक उत्सव सफल पारौंः प्रधानमन्त्री

सारांश

  • ९ कात्तिक, काठमाडौं ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव लोकतान्त्रिक उत्सव भएको बताउँदै सहभागी भएर सफल पार्न आह्वान गरेका छन् ।
  • छठ पर्वको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले यस्ताे अाह्वान गरेका हुन् ।

९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव लोकतान्त्रिक उत्सव भएको बताउँदै सहभागी भएर सफल पार्न आह्वान गरेका छन् । छठ पर्वको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले यस्ताे अाह्वान गरेका हुन् ।

प्रधानमन्त्री देउवाले  स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

एक शुभकामना सन्देश दिँदै प्रम देउवाले छठ प्रेम, स्नेह र समाजिक सद्भाव बोकेको नेपालीहरुको महान चाड भएको बताउँदै यो पर्व तराईमा मात्र नभएर हिमाल, पहाड र विधि सांस्कृतिक धनी सबै नेपालीले अपनत्व गरेको पर्वको रुपमा विकसित भएको उल्लेख गरे ।

यस पर्वलाई सम्पूर्ण नेपालीबीचको भावनात्मक एकता र सहकार्यको समारात्मक सन्देश दिने पर्वको रुपमा लिएको बताउँदै प्रम देउवाले छठ पर्वले नेपालीबीचको आपसी सम्बन्धलाई झनै मजबूत बनाउँदै राष्ट्रिय समृद्धि र एकतामा बल पुर्याउने कार्य गर्न सबैलाई प्रेरणा देओस् भन्ने कामनासमेत व्यक्त गरेका छन् ।

‘देश लोकतन्त्रको उत्सवको रुपमा रहेको निर्वाचनतर्फ उन्मुख भएको छ । निर्वाचन लोकतन्त्रको जगलाई दरिलो बनाउँदै राजनीतिक स्थायित्व आर्थिक समृद्धि हासिल गर्ने हाम्रो चाहनालाई मतपत्रमार्फत अभिव्यक्ति गर्ने सुअवसर पनि हो । यसैले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक उत्सवलाई सफल बनाउन आह्वान गर्दछु’, शुभकामना सन्देशमा भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपाका सहमहामन्त्रीको धम्कि: नेपालको नाम-नक्सा सबै परिवर्तन गरिदिन्छौं (भिडियाे सहित)
राजपाका सहमहामन्त्रीको धम्कि: नेपालको नाम-नक्सा सबै परिवर्तन गरिदिन्छौं (भिडियाे सहित)
मिस क्विन लेखनाथको तेस्रो सस्करणको आवेदन खुल्ला
मिस क्विन लेखनाथको तेस्रो सस्करणको आवेदन खुल्ला
२९ औँ वर्षमा केकी अधिकारी, यी हुन् उनका खास कुरा
२९ औँ वर्षमा केकी अधिकारी, यी हुन् उनका खास कुरा
कांग्रेस विधिसम्मत् ढङ्गले चल्न सकेन: नेता सिंह
कांग्रेस विधिसम्मत् ढङ्गले चल्न सकेन: नेता सिंह
प्रप्रधानमन्त्रीको ओलीको निर्देशनः तस्करी र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी काम गर्नूस्
प्रप्रधानमन्त्रीको ओलीको निर्देशनः तस्करी र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी काम गर्नूस्
आठौँ बृहत् राष्ट्रिय खेलकूद
आठौँ बृहत् राष्ट्रिय खेलकूद
बाजुरामा एक महीनामा दुई करोडको मदिरा कारोवार
बाजुरामा एक महीनामा दुई करोडको मदिरा कारोवार
विश्वकप एसिया छनोट : नेपाल र युएईबीचको खेल रद्द
विश्वकप एसिया छनोट : नेपाल र युएईबीचको खेल रद्द
उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्री र प्रधानसेनापतिको कोरोना रिपोर्ट नेगेटिभ
एकता संयोजन समितिको बैठक आज
एकता संयोजन समितिको बैठक आज