जापानमा म्यूजिक भिडियो बनाउँदै दिलिप श्रेष्ठ
सारांश
- लामो समय नेपाली टेलिभिजनकर्ममा विताएका दिलिप श्रेष्ठ अहिले जापानमा छन् ।
- नेपालमा छँदा पनि उनी म्यूजिक भिडियो निर्माणमा व्यस्त हुन्थे ।
- जापानको व्यस्त दैनिकीमा पनि श्रेष्ठ कहिलेकाँही म्यूजिक भिडियो निर्माणलाई निरन्तरता दिइरहेका हुन्छन् ।
लामो समय नेपाली टेलिभिजनकर्ममा विताएका दिलिप श्रेष्ठ अहिले जापानमा छन् । नेपालमा छँदा पनि उनी म्यूजिक भिडियो निर्माणमा व्यस्त हुन्थे । जापानको व्यस्त दैनिकीमा पनि श्रेष्ठ कहिलेकाँही म्यूजिक भिडियो निर्माणलाई निरन्तरता दिइरहेका हुन्छन् । केही समय अघि वरिष्ठ कवि मञ्जुलको कवितालाई जापानमा मनोरम दृश्य समेटेर भिडियो कविता बनाएका उनले हालै एउटा म्यूजिक भिडियो समेत बनाएका छन् ।
सन्तोष परियारको शव्द, संगीत र स्वर रहेको गीतमा खेम खरेल र शालु गौतमले अभिनय गरेका छन् । भिडियोमा अजित र असिमको छायांकन, कृष्ण खरेलको व्यवस्थापन रहेको छ । त्यस्तै भिडियोको केही भाग नेपालमा पनि छायांकन गरिएको थियो जसमा विक्रम श्रेष्ठले छायांकारको भूमिका निभाएका छन् छन् भने शिव पुरीले सम्पादन गरेका छन् । 
प्रतिक्रिया