आइपीएलमा नेपाली खेलाडी सन्दीपको सनसनीपूर्ण प्रदर्शन

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ५, २०७५
|
|
१६ पटक हेरिएको
Shares
आइपीएलमा नेपाली खेलाडी सन्दीपको सनसनीपूर्ण प्रदर्शन

सारांश

  • काठमाडौं, भारतमा भैरहेको चर्चित प्रिमियर लिग आइपीएलमा नेपाली क्रिकेटर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेपछि सनसनी मच्चाएका छन् ।
  • युवा स्पिनर सन्दीप लामिछानेले निकै राम्रो खेल प्रदर्शन गरेपछि उनी निकै चर्चित बनेका हुन् ।
  • शुक्रबार राति भएको खेलमा उनले एक विकेट लिन सफल भए ।

काठमाडौं, भारतमा भैरहेको चर्चित प्रिमियर लिग आइपीएलमा नेपाली क्रिकेटर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेपछि सनसनी मच्चाएका छन् ।

युवा स्पिनर सन्दीप लामिछानेले निकै राम्रो खेल प्रदर्शन गरेपछि उनी निकै चर्चित बनेका हुन् । शुक्रबार राति भएको खेलमा उनले एक विकेट लिन सफल भए ।

४ ओभरमा सन्दीपले २१ रनमात्रै खर्चेर १ विकेट लिएका थिए । दोस्रोपटक खेल मैदानमा आएका सन्दीपले हिजो भएको खेलमा चेन्नर्इ सुपरकिंग्सविरुद्ध खेलेका थिए ।

चेन्नइ सुपरकिंग्सविरुद्ध खेलेका सन्दीपले तेस्रो ओभरको पहिलो बलमै सुरेश रैनालाई आउट गर्न सफल भए । एनले विश्वकै सुपरस्टार मानिने खेलाडी विरुद्ध उत्कृष्ट प्रदर्शन गर्न सफल भए । भारतीय क्रिकेट कमेन्टेटरले सन्दीपको निकै बेर चर्चा गरेका थिए ।  कम उमेरका खेलाडीले निकै राम्रो बलिङ गरेको भन्दै उनी चर्चित बनेका छन् ।

यसअघि बैंग्लोरविरुद्ध डेब्यू गरेका सन्दीपले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिएका थिए।
आइपीएलमा सन्दीप दोस्रो पटक खेलेका छन् । दुई खेलमा दुई विकेट लिन सफल उनले यसअघि बैंग्लोरका पार्थिव पटेलको विकेट लिएका थिए। योसँगै विश्वका ठूला क्रिकेटरको सन्दीपमा आँखा परेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sabi Giri

    ?????????????❤️?❣️?????

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?