आजबाट बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने
सारांश
- काठमाडौं।
- बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आजवाट खुवाउन सुरु गरिँदैछ।
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिनादेखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने जनाएको छ।
काठमाडौं। बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आजवाट खुवाउन सुरु गरिँदैछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिनादेखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने जनाएको छ।
यसैगरि, १२ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि आजवाट नै खुवाइने मन्त्रालयले जनाएको छ। भिटामिन ए र जुकाको औषधि भोलीसम्म खुवाइनेछ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया