आईसीसीले परिवर्तन गर्यो नियम, फाइनलमा कुनै टीमले नजितेसम्म सुपर ओभर जारी रहने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २८, २०७६
|
|
२९ पटक हेरिएको
Shares
आईसीसीले परिवर्तन गर्यो नियम, फाइनलमा कुनै टीमले नजितेसम्म सुपर ओभर जारी रहने

सारांश

  • काठमाडौं।
  • विश्व कप क्रिकेट २०१९ को फाइनलपछि बाउन्ड्री नियममाथि विवाद भएपछि इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) ले सोमबार यसमा सुधार गरेको छ।
  • बोर्ड बैठकपछि आईसीसीले भनेको छ–यदि फाइनल र सेमीफाइनल खेल बराबरी भयो भने सुपर ओभर त्यतिबेलासम्म जारी रहन्छ, जहिलेसम्म एउटा टीमले अर्को टीमले भन्दा धेरै रन बनाउँदैन।

काठमाडौं। विश्व कप क्रिकेट २०१९ को फाइनलपछि बाउन्ड्री नियममाथि विवाद भएपछि इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) ले सोमबार यसमा सुधार गरेको छ। बोर्ड बैठकपछि आईसीसीले भनेको छ–यदि फाइनल र सेमीफाइनल खेल बराबरी भयो भने सुपर ओभर त्यतिबेलासम्म जारी रहन्छ, जहिलेसम्म एउटा टीमले अर्को टीमले भन्दा धेरै रन बनाउँदैन।’ यो नियम वनडे र टी–२० मा लागू हुनेछ।

यो पटक विश्व कपको फाइनल खेल इंग्लयाण्ड र न्यूजील्याण्डबीच भएको थियो। फाइनलमा खेल र सुपर ओभर दुवैमा बराबरी भयो। त्यसपछि इंग्लयाण्डलाई बाउंड्री नियमको आधारमा बिजेता घोषित गरिएको थियो। २०१९ मा भएको विश्व कप फाइनलमा सुपर ओभर खेलिएको थियो। विश्व कप क्रिकेटको इतिहासमा यस्तो पहिलो पटक भएको हो। न्यूजील्याण्डले पहिला २४१ रन बनाएको थियो।

इंग्ल्याण्डको टीम पनि २४१ रनमा अलआउट भएको थियो। सुपर ओभरमा इंग्ल्याण्डले १५ रन बनायो। न्यूजील्याण्डले यो लक्ष्यलाई बराबरी त गर्यो तर, जीतका लागि आवश्यक एक रन पनि बनाउन सकेन। त्यसपछि बाउंड्री काउन्ट नियम लागू भयो। पूरै खेलमा इंग्ल्याण्डले २६ र न्यूजील्याण्डले १७ बाउंड्री लगाएका थिए। धेरै बाउंड्री लगाएका कारण इंग्ल्याण्डलाई बिजेता घोषित गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?