शहीदका सपना पूरा गर्न निरन्तर क्रान्तिमा अगाडि बढ्न प्रचण्डको आव्हान

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ५, २०७४
|
|
५१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले क्रान्ति अझै नसकिएकोले निरन्तर क्रान्तिमा अगाडि बढ्न आव्हान गरेका छन् ।
  • राष्ट्रिय सभागृहमा जनसाँस्कृतिक महासंघ नेपालले आयोजना गरेको साँस्कृतिक प्रतिरोध दिवस तथा जनसाँस्कृतिक राष्ट्रिय सम्मान–२०७४ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलनले विश्वव्यापी उतारचढावका कारण आफ्ना रणनीतिमा उतारचढाव गरेपनि उद्देश्य र लक्ष्यलाई परिवर्तन नगर्ने बताएका थिए ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले क्रान्ति अझै नसकिएकोले निरन्तर क्रान्तिमा अगाडि बढ्न आव्हान गरेका छन् ।

राष्ट्रिय सभागृहमा जनसाँस्कृतिक महासंघ नेपालले आयोजना गरेको साँस्कृतिक प्रतिरोध दिवस तथा जनसाँस्कृतिक राष्ट्रिय सम्मान–२०७४ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलनले विश्वव्यापी उतारचढावका कारण आफ्ना रणनीतिमा उतारचढाव गरेपनि उद्देश्य र लक्ष्यलाई परिवर्तन नगर्ने बताएका थिए ।

“साँस्कृतिक प्रतिरोध दिवस जनयुद्ध, जनआन्दोलन लगायतमा सहादत प्राप्त गर्ने सहिदप्रति श्रद्धाञ्जलि र घाइते अपाङ्ग कमरेडहरूप्रति सम्मान अर्पण गर्दै नयाँ संकल्प गर्ने दिन हो” अध्यक्ष प्रचण्डले भने, “मुलुकलाई एकताबद्ध गर्दै समाजवादी क्रान्तिको आधार निर्माणको महान अभियानमा समर्पित हुने संकल्प गर्छु ।” जनयुद्धको तयारी, १० वर्षे जनयुद्धको स्तर, जनआन्दोलन, गणतन्त्र, संविधान, संघीयता लगायतका गौरवमय उपलब्धिपछि अब समाजवादी क्रान्तिको अभियानमा रहेको र यसका सैद्धान्तिक, राजनीतिक पक्षको उचाइ निर्माण गर्ने अभियानमा समर्पित हुनुपर्ने उनको धारणा थियो ।

“हामीले समाजवाद, समृद्धि र स्थायित्वको कुरा गर्दा साँस्कृतिक क्रान्तिलाई जीवन्त राख्न नसकिए विचलन आउने छ”, उनले भेन, “ठूलो बलिदान र संघर्षमा सहभागी भएको पिँढी रहँदासम्म त साँस्कृतिक विचलन नआउला, त्यसपछि के होला भन्ने अन्यौल छ ।” साँस्कृतिक क्रान्तिमा जनसाँस्कृतिक महासंघले खेलेको भूमिका प्रशंसनीय रहेको अध्यक्ष प्रचण्डले बताए ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Tek Pun Magar

    दुनियाँ का छोरा छोरी मरुन कि बाचुन तिमीहरू ठाउँमा पुगिसकेयौ के यत्रो भासण छातेको होइन भने सहिद को नाउँमा एक मिनेट मौनधारन भन्दा के गर्न सकेका छौ र?????सहिदको नाम मा राज्यकोषबाट खरबौ रकम कुम्ल्यार कालोधन जोद्न भन्दा के जानेका छौ चोर हो।

    Comment Author

    Hemanta Chamlagai

    सहिद को नाम गरेर ब्रम्हलुट गर्ने

    Comment Author

    Alok Basnet

    Satra hajar marara sapana puragarla jastocha

    Comment Author

    Shyam Shubham Giri

    फन्टूस मालाका फ़ी

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बारले भन्यो ‘न्याय सम्पादनमा हस्तक्षेप नगरौं,’ डाक्टर केसी र गंगामायालाई बचाउन आग्रह
बारले भन्यो ‘न्याय सम्पादनमा हस्तक्षेप नगरौं,’ डाक्टर केसी र गंगामायालाई बचाउन आग्रह
देशलाइ अन्धकारमुक्त पार्ने कुलमानलाई कार्यालय छिर्न नदिने चेतावनी (बिज्ञप्तिसहित)
देशलाइ अन्धकारमुक्त पार्ने कुलमानलाई कार्यालय छिर्न नदिने चेतावनी (बिज्ञप्तिसहित)
पृथ्वीराजमार्गका २० ठाउँमा पहिरो
मतदान केन्द्र नजिकै राखिएको बम निष्क्रिय गरियो
मतदान केन्द्र नजिकै राखिएको बम निष्क्रिय गरियो
नेपालगञ्जबाट काठमाडौँ उडेको श्री एयरको विमान झापामा अवतरण
नेपालगञ्जबाट काठमाडौँ उडेको श्री एयरको विमान झापामा अवतरण
अब चुनाव हुन्न कि सर्छकी भन्ने शंका सकियाे -पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ।
अब चुनाव हुन्न कि सर्छकी भन्ने शंका सकियाे -पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ।
Shah Rukh Khan wishes Eid Mubarak to his fans by sharing cute picture with AbRam!
Shah Rukh Khan wishes Eid Mubarak to his fans by sharing cute picture with AbRam!
मकवानपुरमा बस दुर्घटना
मकवानपुरमा बस दुर्घटना
सरकारी विद्यालयमा ह्वात्तै बढ्यो विद्यार्थीको आकर्षण, यस्तो रहेछ कारण
सरकारी विद्यालयमा ह्वात्तै बढ्यो विद्यार्थीको आकर्षण, यस्तो रहेछ कारण
राष्ट्रपति भण्डारीद्धारा संसदको बजेट अधिवेशन अन्त्य
राष्ट्रपति भण्डारीद्धारा संसदको बजेट अधिवेशन अन्त्य