आकासेपुल भत्किदाँ छ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १, २०७५
|
|
२८ पटक हेरिएको
Shares
आकासेपुल भत्किदाँ छ जनाको मृत्यु

सारांश

  • नयाँ दिल्ली, १ चैत ।
  • भारतको आर्थिक राजधानी मुम्बईमा पैदल यात्रु हिड्ने एक पुल भत्किदाँ ज्यान गुमाउने व्यक्तिको सङ्ख्या कम्तीमा ६ हुनुको साथै अन्य ३१ घाइते भएका प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ ।
  • बिहीबार साँझ भएको यस घटनामा छ व्यक्तिको मृत्यु हुनको साथै अन्य ३१ घाइते भएका एक प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

नयाँ दिल्ली, १ चैत । भारतको आर्थिक राजधानी मुम्बईमा पैदल यात्रु हिड्ने एक पुल भत्किदाँ ज्यान गुमाउने व्यक्तिको सङ्ख्या कम्तीमा ६ हुनुको साथै अन्य ३१ घाइते भएका प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ ।

बिहीबार साँझ भएको यस घटनामा छ व्यक्तिको मृत्यु हुनको साथै अन्य ३१ घाइते भएका एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । घाइतेहरुको अवस्था हाल स्थिर रहेको जनाइएको छ । स्थानीय समयानुसार बिहीबार साँझ ७ः३० सो घटना भएको थियो ।यस घटनामा ज्यान गुमाउने व्यक्तिलाई ५ लाख भारतीय रुपियाँ बराबरको क्षतिपूर्ति दिने महाराष्ट्रका मुख्य मन्त्री बताउनु भएको छ ।

स्थानीय सरकार अधिकारीहरुका अनुसार सो पुल १९८० मा बनेको थियो । सो पुल बन्द नगरिएको र सार्वजनिक हिड्डुलको लागि खुल्ला गरिएको थियो । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?