लागुऔषध र आतंकवाद नियन्त्रणमा सामूहिक प्रयास आवश्यक

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २८, २०७४
|
|
५७ पटक हेरिएको
Shares
लागुऔषध र आतंकवाद नियन्त्रणमा सामूहिक प्रयास आवश्यक

सारांश

  • काठमाडौँ, २७ चैत ।
  • सार्क क्षेत्रको लागुऔषध र आतंकवाद नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेको छ ।
  • गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको एघारौँ सार्क सुरक्षाकर्मी बैठक तथा छैटौँ सार्क लागूऔषध तथा आतंकवाद अनुगमन डेक्सको बैठकमा गृहसचिव प्रेमकुमार राईले कुनै पनि एक देशले मात्र लागुऔषध र आतंकवाद समस्या समाधान गर्न नसक्ने बताउनुभयो ।

काठमाडौँ, २७ चैत । सार्क क्षेत्रको लागुऔषध र आतंकवाद नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेको छ ।

गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको एघारौँ सार्क सुरक्षाकर्मी बैठक तथा छैटौँ सार्क लागूऔषध तथा आतंकवाद अनुगमन डेक्सको बैठकमा गृहसचिव प्रेमकुमार राईले कुनै पनि एक देशले मात्र लागुऔषध र आतंकवाद समस्या समाधान गर्न नसक्ने बताउनुभयो । “स्थायित्व र विकासका लागि सबै सँगसँगै मिलेर अगाडि बढौँ,”– उहाँले भन्नुभयो ।

उहाँले लागुऔषध र आतंकवादसम्बन्धी बनेको ऐन कानूनलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । सार्कका महासचिव अमजद हुसेन बी सियालले सार्क क्षेत्रको सुरक्षाका लागि बैठकले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले सामूहिक सुरक्षा चुनौतीलाई समाधान गर्न सामूहिक प्रयासको खाँचो रहेको औँल्याउनुभयो ।

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले सार्क क्षेत्रको शान्ति र सुरक्षाका लागि नेपाल प्रहरीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । शान्ति सुरक्षा र दिगो विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

हिजो र आज चलेको बैठकमा सार्क क्षेत्रको आतंकवाद, लागुऔषध र सुरक्षाबारे श्रीलंकाले प्रस्तुत गरेको कार्यपत्रमाथि छलफल हुने र निष्कर्ष निकाल्ने गृह मन्त्रालयका उपसचिव मुनका न्यौपानेले जानकारी दिनुभयो ।

बैठकमा नेपालबाट १२, भारत चार, श्रीलंका तीन, बंगलादेश दुई, मालल्भिस दुई, पाकिस्तान एक, र भुटानका एक प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कक्षा १२ को परीक्षाः ४० नम्बरका लागि अनलाइन परीक्षा हुने
एमालेसँग राजपा नजिकिदैं, सरकारबाट समर्थन फिर्ता लिने तयारी
एमालेसँग राजपा नजिकिदैं, सरकारबाट समर्थन फिर्ता लिने तयारी
राजपामा फेरि दोहोरिएला रेशम चौधरी काण्ड ? (प्रहरीको खोजीसूचीमा रहेका राज्यमन्त्रीको अन्तरवार्तासहित)
राजपामा फेरि दोहोरिएला रेशम चौधरी काण्ड ? (प्रहरीको खोजीसूचीमा रहेका राज्यमन्त्रीको अन्तरवार्तासहित)
डेढ वर्षभित्रै महाकाली करिडोरको ट्र्याक खुल्छ : प्रमुख सचेतक लेखक
डेढ वर्षभित्रै महाकाली करिडोरको ट्र्याक खुल्छ : प्रमुख सचेतक लेखक
मृतक भनी दाहसंस्कार गरिएका सुवास जीवितै फर्किएपछि…
मृतक भनी दाहसंस्कार गरिएका सुवास जीवितै फर्किएपछि…
अण्डाको घट्यो मूल्य
अण्डाको घट्यो मूल्य
मृत भेटिइन् अभिनेत्री सहाना
मृत भेटिइन् अभिनेत्री सहाना
मेलामा जाने एक भारतीयसहित दुईको मृत्यु
मेलामा जाने एक भारतीयसहित दुईको मृत्यु
मन्त्री बन्ने रुचि छैन, नेपाल र विहारको सम्बन्ध अझ प्रगाढ हुन्छ : युवा नेता चिराग पासवान
मन्त्री बन्ने रुचि छैन, नेपाल र विहारको सम्बन्ध अझ प्रगाढ हुन्छ : युवा नेता चिराग पासवान
आज मिर्गौला दिवसः नेपालमा कति छन् मृगौलाका बिरामी ?
आज मिर्गौला दिवसः नेपालमा कति छन् मृगौलाका बिरामी ?