मन्त्रीहरुसँग प्रधानमन्त्री ओलीको ब्रिफिङ : पार्टीभित्रैबाट सरकारमाथि चौतर्फी हमला भयो !
सारांश
- काठमाडौं, २० कार्तिक ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग सरकारमाथि आफ्नै पार्टीभित्रबाट हमला भएको उल्लेख गरेका छन् ।
- आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटमार बसेको बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले यस्तो ब्रिफिङ गरेको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।
काठमाडौं, २० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग सरकारमाथि आफ्नै पार्टीभित्रबाट हमला भएको उल्लेख गरेका छन् । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटमार बसेको बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले यस्तो ब्रिफिङ गरेको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । ओलीले सरकारलाई राम्रोसँग काम गर्न नदिईएको र पार्टीभित्रैबाट लगातार असहयोग भैरहेको पनि गुनासो पोखेका थिए ।
तर, आफूले कुनैपनि हालतमा राजीनामा नदिने ओलीले अडान दोहोर्याएका थिए । हिजोमात्रै, ओलीले आफूले राजीनामा नदिने बताएका थिए । उनले आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु हुने भएकोले कुनैपनि हालतमा राजीनामा नदिने स्पष्ट पारेका थिए । मन्त्रिपरिषद बैठक लगत्तै नेकपाका अध्यक्षद्धय ओली र पुष्पकमल दाहालबीच भेटवार्ता सुरु भएको छ । ओली भेट्न दाहाल बालुवाटार पुगेका हुन् । यसअघि दाहाल र वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीका केही नेता र कानून व्यवसायीहरुसँग पेरिसडाँडामा परामर्श गरेका थिए । उक्त परामर्शमा ओलीले चाल्न सक्ने कदम र यसले पार्टीमा पार्नसक्ने सम्भावित असरबारे चर्चा तथा छलफल भएको उक्त बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले अहिले सरकारले व्यहोरेको संकट सामन्य भएको तर अब आउने संकट झनै ठूलो हुने भन्दै संकट समाधान गर्न तयारी भएर बस्न मन्त्रीहरुलाई निर्देशन दिएको पनि स्रोतले जनाएको छ ।
प्रतिक्रिया