गोरुगाडाबाट लडेर एक जनाको मृत्यु , सुनकोशीमा डुबेर ३ जना बेपत्ता !

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २४, २०७५
|
|
२९ पटक हेरिएको
Shares
गोरुगाडाबाट लडेर एक जनाको मृत्यु , सुनकोशीमा डुबेर ३ जना बेपत्ता !

सारांश

  • अस्बिन खड्का, २४ वैशाख ।
  • उदयपुरको बेलका नगरपलिका २ करैयामा गोरुगाडाबाट लडेर एक जनाको मृत्यु भएको छ।
  • गाडाबाट लडेका ६५ वर्षीय बेचन चौधरीको उपचारका लागि अस्पताल लाने क्रममा मृत्यु भएको हो।

अस्बिन खड्का, २४ वैशाख । उदयपुरको बेलका नगरपलिका २ करैयामा गोरुगाडाबाट लडेर एक जनाको मृत्यु भएको छ।

गाडाबाट लडेका ६५ वर्षीय बेचन चौधरीको उपचारका लागि अस्पताल लाने क्रममा मृत्यु भएको हो। उनको छातीमा चोट लागेको थियो।

जंगलबाट दाउरा लिएर घरतर्फ फर्कने क्रममा उनी गाडाबाट लडेको प्रहरी चौकी भागलपुरले जनाएको डीएसपी मेघराज अधिकारी ले बताए ।

३ बाल बालिका सुनकोशी मा डुबेर बेपत्ता  
एउटै गाउँका तीन बालबालिका सुनकोशी नदीमा डुबेर बेपत्ता भएपछि खोटेहाङ गाउँपालिका–२ सुन्तले स्थित धाप्लाङघाट गाउँनै शोकमग्न भएको छ ।

स्थानीय जीवन माझीको १० वर्षीय छोरा समिन, धननारायण श्रेष्ठको १२ वर्षीय छोरा सुमन, र धु्रव माझीको ११ वर्षीया छोरी अनिता माझी हिजो दिउँसो देखि सुनकोशी नदीमा डुबेर बेपत्ता भएपछि गाउँनै अहिले शोकमग्न भएको हो ।

विद्यालय जाने बालबालिका शनिबार बिदाको दिन बाख्रा चराउन गएका र नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

“मध्याह्न १२ बजेको समयमा नदीमा पौडी खेल्दै गर्दा एक बालक नदीमा डुबेपछि बचाउन खोज्दा अर्को बालक पनि डुबेको र दोस्रो बालकलाई बचाउन खोज्दा तीनैजना बेपत्ता बनेका रहेछन् ।” उहाँले भन्नुभयो, “उनीहरुको खोजीका लागि चिसापानी इलाका प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरिएको छ ।”

चार बालबालिका बाख्रा चराउन गएकामा तीनजना बेपत्ता बनेपछि अर्को बालकले घरमा खबर गर्न आएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिए । बेपत्ता बालबालिकाको स्थानीयवासीले खोजतलास गर्दा नभेटेपछि आइतबार साँझमात्र परिवारले प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा खटिएका प्रहरी र स्थानीयवासीले अहिले नदी किनार र आसपासमा बेपत्ता बालबालिकाको खोजी कार्यलाई तीव्रता दिएका छन् । सुनकोशी किनारमा बाख्रा चराउन गएका तीन बालबालिका गर्मी भएपछि पौडी खेल्न नदीमा गएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?