आजको मौसम: चार प्रदेशमा पानी पर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २१, २०८०
|
|
१९ पटक हेरिएको
Shares
आजको मौसम: चार प्रदेशमा पानी पर्ने

सारांश

  • काठमाडौं।
  • नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
  • मनसुनको न्यून चापीय रेखा पुर्वतिर सरदर स्थान भन्दा उत्तर र पश्चिमतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ।

काठमाडौं। नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वतिर सरदर स्थान भन्दा उत्तर र पश्चिमतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही हाल बागमती र गण्डकी प्रदेशका केही स्थानहरू, कोशी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम बर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र मधेश प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र मधेश प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय तथा हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मौलिक पर्वले आपसी सद्भाव, हार्दिकता र समतामूलक समाज निर्माणमा उत्प्रेरणा दिने मुख्यमन्त्री राउतको विश्वास
मौलिक पर्वले आपसी सद्भाव, हार्दिकता र समतामूलक समाज निर्माणमा उत्प्रेरणा दिने मुख्यमन्त्री राउतको विश्वास
उद्यमी बन्न चाहनेलाई सरकारले बिना धितो ऋण दिने
उद्यमी बन्न चाहनेलाई सरकारले बिना धितो ऋण दिने
एमालेले साह्रै पेल्न थाल्यो, दुई चरणको चुनावमा हामीले धक्का खायौं ,माओवादीसँगै मिल्नुस्,देउवा
एमालेले साह्रै पेल्न थाल्यो, दुई चरणको चुनावमा हामीले धक्का खायौं ,माओवादीसँगै मिल्नुस्,देउवा
नयाँवर्षमा ठमेलबाट ६३ जना प्रहरीको खोरमा
नयाँवर्षमा ठमेलबाट ६३ जना प्रहरीको खोरमा
निगमको वाइड बडी जहाज खरिद: सार्वजनिक लेखा समितिले बनायो उप–समिति
निगमको वाइड बडी जहाज खरिद: सार्वजनिक लेखा समितिले बनायो उप–समिति
धार्मिकस्थल बाह्रकुने दहमा सफाई गरेर विद्यालयको वार्षिकोत्सव
धार्मिकस्थल बाह्रकुने दहमा सफाई गरेर विद्यालयको वार्षिकोत्सव
शेरबहादुर देउवा : अत्तो थाप्दै सत्ताको आयु लम्ब्याउँदै
शेरबहादुर देउवा : अत्तो थाप्दै सत्ताको आयु लम्ब्याउँदै
गंगामा नेपाली पानीजहाज, कोसीमा स्टिमर- प्रधानमन्त्रीका भारत भ्रमणका एजेन्डा
गंगामा नेपाली पानीजहाज, कोसीमा स्टिमर- प्रधानमन्त्रीका भारत भ्रमणका एजेन्डा
ताजिकिस्तानलाई हराउँदै नेपाल नाडेज्दा कपको फाइनलमा
ताजिकिस्तानलाई हराउँदै नेपाल नाडेज्दा कपको फाइनलमा
प्रधानमन्त्री ओलीले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
प्रधानमन्त्री ओलीले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता

तपाईंले छुटाउनुभयो कि?