‘गोरे’ उनकै आफन्तकै सहयोगमा पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ९, २०७५
|
|
२९ पटक हेरिएको
Shares
‘गोरे’ उनकै आफन्तकै सहयोगमा पक्राउ

सारांश

  • ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे, आफन्तकै सहयोगमा पक्राउ परेका छन् ।
  • एक साताअघि गोरेको परिवारका सदस्यसँग सम्पर्क भएको देखिएपछि उच्चस्तरीय छानविन समितिका सदस्यहरुले आत्मसर्मण गराईदिने आश्वासन परिवारलाई दिएका थिए ।
  • यो आश्वासनपछि प्रहरीले आफन्तकै सहयोगमा गोरेलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो ।

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे, आफन्तकै सहयोगमा पक्राउ परेका छन् ।

एक साताअघि गोरेको परिवारका सदस्यसँग सम्पर्क भएको देखिएपछि उच्चस्तरीय छानविन समितिका सदस्यहरुले आत्मसर्मण गराईदिने आश्वासन परिवारलाई दिएका थिए ।

यो आश्वासनपछि प्रहरीले आफन्तकै सहयोगमा गोरेलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो ।

केही दिनअघि भारतको सिलगुढीस्थित आफन्तको घरमा गएका गोरेले आफुन निर्दोष रहेको तर सबै दोष आफुमाथि लगाईएको बताएका थिए ।

नेपाल प्रहरीले भारतीय प्रहरी र आफन्तको सहयोगमा गोरेलाई पश्चिम बंगालबाट पक्राउ गरेको दाबी स्रोतले गरे पनि छानविन समितिले भने काठमाडौं गौरीघाटबाट नियन्त्रणमा लिईएको जनाइएको छ ।

आजको नागरिक दैनिकमामा यो खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?