संघ र प्रदेशका लागि काँग्रेस र माओवादीले छाने उम्मेदवार

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ११, २०७४
|
|
३८ पटक हेरिएको
Shares
संघ र प्रदेशका लागि काँग्रेस र माओवादीले छाने उम्मेदवार

सारांश

  • तेह्रथुम, ११ असोज  ः दलहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न थालेका छन् ।
  • नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले संघीय र प्रादेशिक निर्वाचनमा जिल्लाबाट आकांक्षी उम्मेदवारको नाम चयन गरी सिफारिस गरेका हुन् ।
  • नेकपा (एमाले)लगायत दलले समेत आन्तरिक तयारी थालेका छन् ।

तेह्रथुम, ११ असोज  ः दलहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न थालेका छन् ।

नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले संघीय र प्रादेशिक निर्वाचनमा जिल्लाबाट आकांक्षी उम्मेदवारको नाम चयन गरी सिफारिस गरेका हुन् । नेकपा (एमाले)लगायत दलले समेत आन्तरिक तयारी थालेका छन् ।

काँग्रेस र माओवादी केन्द्रले संघीय निर्वाचनमा प्रत्यक्षतर्फ सर्वसम्मत उम्मेदवार चयन गरेका छन् । काँग्रेसले केन्द्रीय सदस्य तथा राज्यमन्त्री सीता गुरुङलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
संघको निर्वाचनमा समानुपातिकतर्फ काँग्रेसले पूर्वसांसद तुलसी सुब्बा, सांसद गणेश विमली, पूर्वजिल्ला सभापति रामनारायण ढुंगाना, गुरुप्रसाद भट्टराई र राज्यप्रसाद लिम्बूको नाम सिफारिस गरेको छ । यस्तै प्रादेशिक निर्वाचनमा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ जिल्ला सभापति गोविन्द ढुंगानालाई सिफारिस गरिएको छ ।

यस्तै समानुपातिकतर्फ अर्जुन तुम्बाहाम्फे, अर्जुन माबोहाङ, सन्तोष सुब्बा, विपीन सुब्बा, टेकराज तिगेलालगायत नेताको नाम सिफारिस भएको छ । क्षेत्र नं २ मा प्रत्यक्षतर्फ नारायणकुमार इङ्नाम, बालकुमार गुरुङ र उत्तमसिंह थाम्देनको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फ केशव भेटुवाल, गणेश घिमिरे, भीष्म थपलिया, हरिप्रसाद डाँगी, हेमन्त गुरुङ, केदार गहतराज र जमुना बर्देवालगायतको नाम जिल्लाबाट सिफारिस भएको छ ।

माओवादी केन्द्रले भने संघीय निर्वाचनमा प्रत्यक्षतर्फ केन्द्रीय सल्लाहकार विजय सम्बाहाम्फेलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । समानुपातिकतर्फ केन्द्रीय पोलिटब्यूरो सदस्य तथा जिल्ला इञ्चार्ज दुर्गाप्रसाद चापागाईं र पूर्वविधायक फुर्वी शेर्पाको नाम सिफारिस भएको छ । प्रदेशतर्फ क्षेत्र नंं १ मा इन्द्रबहादुर इम्सङ र गणेशकुमार सेनेको नाम सिफारिस भएको छ ।
समानुपातिकतर्फ दिलकुमारी लिम्बू र तेजेन्द्र कुरुम्बाङ सिफारिस गरिनुभएको छ । यस्तै क्षेत्र नंं २ मा प्रत्यक्षतर्फ पोलिटब्यूरो सदस्य सुशीला कन्दङ्वा, केन्द्रीय सल्लाहकार भीमप्रसाद कन्दङ्वा र जिल्ला सहसंयोजक ताराप्रसाद भट्टराईको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ तेजमान कन्दङ्वा, बलिराज इङ्नाम र चूडामणि बरालको नाम पठाइएको माओवादी केन्द्रले जनाएको छ ।

एमालेसहितका दलले पनि पार्टीभित्र आन्तरिक रुपमा उम्मेदवारको तयारी गरिरहेको बुझिएको छ । दशैँलगत्तै पार्टीले एउटा मापदण्ड बनाएर उम्मेदवार चयन गर्ने एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारीले बताउनुभयो । प्रदेशको निर्वाचनमा क्षेत्र नं १ मा म्याङलुङ र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका पर्छन् । क्षेत्र नं २ मा आठराई, फेदाप र मेन्छ्यायेम गाउँपालिका पर्छन् ।

यसअघि संविधानसभाको निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको जिल्लामा २०७० मा एमाले र २०६४ मा काँग्रेसले जितेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनताको चेतना अभिवृद्धि गर्ने सञ्चारमाध्यम : उपसभामुख
विकिनीमा खुलेकी स्मृति
विकिनीमा खुलेकी स्मृति
यू–१९ विश्वकप छनोट आजदेखि : छनोट हुने नेपालको लक्ष्य
यू–१९ विश्वकप छनोट आजदेखि : छनोट हुने नेपालको लक्ष्य
किरात सङ्ग्रहालय निर्माण शुरु
किरात सङ्ग्रहालय निर्माण शुरु
जग्गा खरिद गर्दा ‘भ्रष्टाचार भएको’ प्रमाण भेटिएपछि उन्मुक्ति पाउन चलखेल
जग्गा खरिद गर्दा ‘भ्रष्टाचार भएको’ प्रमाण भेटिएपछि उन्मुक्ति पाउन चलखेल
खिजीदेम्बा अल्ट्रा म्याराथनको दोस्रो संस्करण फागुन १९ मा
खिजीदेम्बा अल्ट्रा म्याराथनको दोस्रो संस्करण फागुन १९ मा
रवी लामिछानेसँग भरखरै विवाह गरेकी निकिता पौडेललाई अख्तियार पत्र काट्ने तयारीमा
रवी लामिछानेसँग भरखरै विवाह गरेकी निकिता पौडेललाई अख्तियार पत्र काट्ने तयारीमा
काश्मिरमा भारतीय सुरक्षाकर्मी र आतंककारीबीच भिडन्त
काश्मिरमा भारतीय सुरक्षाकर्मी र आतंककारीबीच भिडन्त
आजको मौसमः नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहने
आजको मौसमः नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहने
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउन प्रधानमन्त्रीको प्रस्ताव
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउन प्रधानमन्त्रीको प्रस्ताव