नेपालगञ्जमा मोहम्मद जयन्तीको रौनक, आज मुस्लिम धर्मावलम्बीका लागि बिदा

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ३१, २०८१
|
|
२२ पटक हेरिएको
Shares
नेपालगञ्जमा मोहम्मद जयन्तीको रौनक, आज मुस्लिम धर्मावलम्बीका लागि बिदा

सारांश

  • बाँके।
  • इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा बाँकेका इस्लाम धर्मावलम्बीले जन्मोत्सव मनाउन सुरु गरेका छन्।
  • जन्मोत्सवको रौनकले नेपालगञ्ज सहर रंगीन बनेको छ।

बाँके। इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा बाँकेका इस्लाम धर्मावलम्बीले जन्मोत्सव मनाउन सुरु गरेका छन्। जन्मोत्सवको रौनकले नेपालगञ्ज सहर रंगीन बनेको छ।

बाँकेको सदरमुकाम नेपालगञ्जको त्रिभुवनचोकदेखि बिपी चोक, त्रिवेणी मोडदेखि फुल्टेक्रा चोक लगायतका स्थानमा स्वागतद्वार निर्माण गरिएका छन्।

इस्लामिक पात्रोको तेस्रो महिना रवि उल्ल अवलको १२ तारिखको दिन नेपाली मुस्लिमसहित विश्वभरिका मुस्लिम धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद जयन्ती मनाउँदै आएको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताए।

उनका अनुसार नेपालगञ्जसहित नेपालका विभिन्न स्थान तथा विश्वभरका मुस्लिम धर्मालम्वीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती मनाइरहेका छन्।

“हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वत्को रवि अव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको हो”, धर्मगुरु मञ्जरीले भने, “उहाँको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो। मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उहाँका उपदेश र वाणी स्मरण गर्ने गरिन्छ।”

मोहम्मद जयन्तीको अवसरमा आज बिहानैदेखि र्‍याली गरिने बाँकेका मुस्लिम अगुवा हलिम साहले जानकारी दिए। मुस्लिम समुदायको मोहम्मद जयन्ती उत्सव र्‍यालीलाई व्यवस्थापन गर्न सहरमा सुरक्षा व्यवस्था सुदृढ पारिएको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताए।

आज मुस्लिम धर्मावलम्बीका लागि बिदा

सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने भएको छ।

गृह मन्त्रालयले एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ।

‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बंगलादेशमा १ दिनका लागि भोलि ४० मेगावाट विद्युत् निर्यात हुने
बंगलादेशमा १ दिनका लागि भोलि ४० मेगावाट विद्युत् निर्यात हुने
वाग्मती सफाइ महाअभियानको २८१ औँ हप्ता: उपत्यकाबाट २५ मेट्रिक टन फोहर व्यवस्थापन
वाग्मती सफाइ महाअभियानको २८१ औँ हप्ता: उपत्यकाबाट २५ मेट्रिक टन फोहर व्यवस्थापन
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्रि वाईफाई जोन
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्रि वाईफाई जोन
कर्मचारी समायोजन त्रुटीपूर्ण ! मन्त्री र कर्मचारीबीचको लडाई कहाँ पुग्ला ?
कर्मचारी समायोजन त्रुटीपूर्ण ! मन्त्री र कर्मचारीबीचको लडाई कहाँ पुग्ला ?
खसेको भन्दा १७ मत बढी पाइएपछि पर्साको सखुवा प्रसौनीमा मतगणना अवरुद्ध
खसेको भन्दा १७ मत बढी पाइएपछि पर्साको सखुवा प्रसौनीमा मतगणना अवरुद्ध
देशभर चिसो बढ्यो,
देशभर चिसो बढ्यो,
नेप्से परिसूचक र कारोबार दुबै बढ्यो
नेप्से परिसूचक र कारोबार दुबै बढ्यो
सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित
सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित
अवरुद्ध चार राजमार्ग आइतबारसम्ममा खुल्ने, बिपी राजमार्ग दसैंअघि नखुल्ने
अवरुद्ध चार राजमार्ग आइतबारसम्ममा खुल्ने, बिपी राजमार्ग दसैंअघि नखुल्ने
एमाले–माओवादी केन्द्र एकता : जनादेशको कदर
एमाले–माओवादी केन्द्र एकता : जनादेशको कदर

तपाईंले छुटाउनुभयो कि?