उन्नाइस वडा सचिवविहीन

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०७५
|
|
१८ पटक हेरिएको
Shares
उन्नाइस वडा सचिवविहीन

सारांश

  • दाङ, २५ भदौ ।
  • जिल्लाका १०० वडामध्ये अझै १९ वडा सचिवविहीन अवस्थामा छन् ।
  • शहरी क्षेत्रका वडामा वडा सचिव पुगे पनि ग्रामीण भेगका वडामा वडा सचिव पुग्न सकेका छैनन् ।

दाङ, २५ भदौ । जिल्लाका १०० वडामध्ये अझै १९ वडा सचिवविहीन अवस्थामा छन् ।शहरी क्षेत्रका वडामा वडा सचिव पुगे पनि ग्रामीण भेगका वडामा वडा सचिव पुग्न सकेका छैनन् । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा दुवै उपमहानगरपालिका, दङ्गीशरण र शान्तिनगर गाउँपालिकाका सबै वडामा सचिव पुगेका छन् । लमही नगरपालिकाका नौ वडामध्ये १, २, ४, ५ र ९ नं वडा सचिवविहीन छन् ।

सचिव नआएको अवस्थामा ती वडामा अहिले करारमा नियुक्त भएका कर्मचारीले काम चलाइरहेको र केही वडामा खरिदारलाई सचिवको जिम्मा दिइएको लमही नगरपालिकाका कार्यकारी अधिकृत गेहेन्द्रबहादुर डाँगीले बताउनुभयो । गढवा गाउँपालिकाको तीन वडा सचिवविहीन छन् । ती वडा हेर्ने जिम्मेवारी लेखापाललाई दिइएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिनुभयो । राजपुर गाउँपालिकाका पाँच वडा सचिवविहीन छन् ।

यस्तै राप्ती गाउँपालिकाका दुई वडामा मात्रै सचिव कार्यरत छन् भने सात वडा अझै सचिवविहीन छन् । सचिव नपुगेका सबै ग्रामीण भेगका वडा हुन् । कुनैमा खरिदारलाई वडा सचिवको जिम्मेवारी दिइएको छ भने कुनैमा एउटै सचिवले दुई वडा हेर्नुपर्ने बाध्यता छ । “वडाको कार्य सम्पादन गर्न समस्या भएको छ,” बङ्गलाचुली गाउँपालिकाका कार्यकारी अधिकृत चन्द्रकान्त पौडेलले भन्नुभयो । वडा सचिव नहुँदा योजनातर्जुमा गर्न, वडाको रिपोर्टिङ गर्न, वडा कमिटीको बैठक गर्न, पञ्जिकरणलगायतका काम गर्न समस्या भएको छ । स्थानीय तहले जनप्रतिनिधि पाएको डेढ वर्ष बिते पनि वडामा कर्मचारी नपुग्दा काम गर्न कठिनाइ भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?