दुई पटक मलामी जम्मा भए, भोट दिन लेखेको रहेछ

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
२१ पटक हेरिएको
Shares
दुई पटक मलामी जम्मा भए, भोट दिन लेखेको रहेछ

सारांश

  • असार १४ – तेह्रथुमको आठराई गाउँपालिका ४ इवाका रत्नमान लामालाई दमको समस्या छ ।
  • २०४९ र २०५४ सालका स्थानीय चुनावमा मतदान गरेका लामा झण्डै २० वर्ष पछि हुँदै गरेको चुनावको मिति घोषणा भएपछि पनि पटक पटक सिकिस्त बिरामी पर्नुभयो ।
  • दुई महिना अघि मात्रै पनि उहाँ बेहोस भएपछि गाउँका छरछिमेकी मलामीका लागि जम्मा भए ।

असार १४ – तेह्रथुमको आठराई गाउँपालिका ४ इवाका रत्नमान लामालाई दमको समस्या छ ।

२०४९ र २०५४ सालका स्थानीय चुनावमा मतदान गरेका लामा झण्डै २० वर्ष पछि हुँदै गरेको चुनावको मिति घोषणा भएपछि पनि पटक पटक सिकिस्त बिरामी पर्नुभयो । दुई महिना अघि मात्रै पनि उहाँ बेहोस भएपछि गाउँका छरछिमेकी मलामीका लागि जम्मा भए ।

तर गाउँलेले मलामी जानु परेन । बरु उनै रत्नमानले यसपटक पनि मतदान गर्न पाउनु भएको छ । ‘मेरो भाग्यमा यो पटक पनि मतदान गर्न पाउनुपर्ने लेखेको रहेछ, त्यसैले मलामी जम्मा भएपछि पनि बौरिएँ र मतदान गर्न पाएँ,’ उहाँले भन्नुभयो । मतदान केन्द्रमा श्रीमती विष्णुमाया लामासँग मतदान गर्न आएका रत्नमानले गाउँको विकासका लागि सक्षम लागेका उम्मेद्वारलाई भोट दिएको बताउनुभयो ।

‘राम्रो मान्छेलाई मत दिएको छु, विकास गरेको देख्न पाउछु कि पाउँदिन, तैपनि खुसी छु,’ उहाँले भन्नुभयो । यसअघि चुनेका प्रतिनिधिले गाउँमा आफूले चाहेको जस्तो विकास नगरेको उहाँले बताउनुभयो ।

श्रीमती विष्णुमायाले श्रीमानले मतदान गर्न पाउनुहोला भन्ने नसोचेको बताउनु भयो । ‘चुनावको मिति तोकिए पछि पनि उहाँलाई विरामले धेरै च्याप्यो, तर मतदान गर्न जुरेको रहेछ,’ उहाँले हाँस्दै भन्नुभयो । दुई वर्ष अघि र दुई महिना अघि दुई पटक मृत्युको मुखबाट फर्कने शक्ति भगवानले दिएको  विष्णुमायाको भनाई छ ।

लामाको विरामका कारण गाउँले ८ वर्षदेखि चिन्तित छन् । पटक पटक मलामीका लागि जम्मा हुनुपर्ने अवस्था आउने गरेको छिमेकी श्यामकुमार भट्टराईले बताउनुभयो । इवा मतदान केन्द्रमा लामा जस्तै धेरै जना वृद्धवृद्धाहरुले मतदान गरेका मतदान अधिकृत विजय इङनामले बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?