आजदेखि अनिश्चितकालीन धनकुटा बन्द, जनजीवन प्रभावित
सारांश
- काठमाडौं, पुस १९ ।
- सरकारले विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी तोक्ने तयारी गरेपछि आज अनिश्चितकालिन धनकुटा बन्दको आह्वान गरिएको छ ।
- प्रदेश नम्बर १ को राजधानी धनकुटा हुनुपर्ने माग गर्दै अनिश्चितकालीन धनकुटा बन्दको आव्हान गरिएको हो ।
काठमाडौं, पुस १९ । सरकारले विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी तोक्ने तयारी गरेपछि आज अनिश्चितकालिन धनकुटा बन्दको आह्वान गरिएको छ ।
प्रदेश नम्बर १ को राजधानी धनकुटा हुनुपर्ने माग गर्दै अनिश्चितकालीन धनकुटा बन्दको आव्हान गरिएको हो ।
बन्दको कारण आज धनकुटा बजार पूर्ण रुपमा बन्द हुँदा जनजीवन प्रभावित बनेको छ ।
एकसाता अघिदेखि धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै धनकुटावासीले चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया