न्याय माग्दै अस्थायी शिक्षकले गुहारे पूर्वराजा ज्ञानेन्द्र
सारांश
- काठमाडौं, २९ असार ।
- शिक्षक सेवा आयोगको परीक्षा स्थगित गराई आफूहरुलाई अन्याय गरिएको र न्याय दिन माग गर्दै अस्थायी शिक्षकहरुले पूर्वराजा ज्ञानेन्द्र शाहसमक्ष बिन्तीपत्र चढाएका छन् ।
- असार २९ र ३० गते सञ्चालन हुन लागेको परीक्षा स्थगित गराई आपूmहरुलाई अन्यायमा पारेको भन्दै न्याय दिन अस्थायी शिक्षकहरुले पूर्वराजासँग गुहार मागेका हुन् ।
काठमाडौं, २९ असार । शिक्षक सेवा आयोगको परीक्षा स्थगित गराई आफूहरुलाई अन्याय गरिएको र न्याय दिन माग गर्दै अस्थायी शिक्षकहरुले पूर्वराजा ज्ञानेन्द्र शाहसमक्ष बिन्तीपत्र चढाएका छन् ।
असार २९ र ३० गते सञ्चालन हुन लागेको परीक्षा स्थगित गराई आपूmहरुलाई अन्यायमा पारेको भन्दै न्याय दिन अस्थायी शिक्षकहरुले पूर्वराजासँग गुहार मागेका हुन् । अस्थायी शिक्षकहरुले यसअघि पनि न्यायका लागि भन्दै पूर्वराजा र नेपाली सेनासँग गुहार मागेका थिए । त्यतिबेला आयोगले परीक्षा स्थगित गराएको थियो ।
शिक्षण तालिम र शिक्षक लाइसेन्स नभएका केही शिक्षकलाई आयोगले परीक्षा दिन दिएको र केहीलाई रोकेर विभेद गरेको भन्दै पुनरुत्थानवादी समूहमा आवद्ध ८१ जना अस्थायी शिक्षकहरुले पूर्वराजा शाहलाई “बिन्तीपत्र” बुझाएका हुन् ।
अस्थायी शिक्षकहरुले बिन्तीपत्रमा तत्कालीन समयमा राजाले २०६२ माघ १७ मा सम्पूर्ण अस्थायी शिक्षकलाई स्थायी गर्न अध्यादेश जारी गराएको र सर्वोच्च अदालतको २०६६ माघ २४ को परमादेश अनुसार सम्पूर्ण अस्थायी शिक्षकलाई शतप्रतिशत सिटमा परीक्षा दिन पाउने र परीक्षापछि सुविधा पाउने व्यवस्था गरेको कुरा पूर्वराजालाई अवगत गराएका छन् । शिक्षक सेवा आयोगले २०७४ असार ४ गते सर्वोच्च अदालतलाई २०६१ को विज्ञापन लुकाई परमादेश अनुसारको परीक्षा सञ्चालन नहुँदा पनि परीक्षा सञ्चालन भएको भन्दै झुठो विवरण दिएर अदालतबाट अस्थायी शिक्षकका एक दर्जन भन्दा बढी रिट निवेदन खारेज गराएको समेत बिन्तीपत्रमा उल्लेख गरिएको छ ।
तालिम र लाइसेन्स नभएका कुनै शिक्षकले परीक्षा दिन पाउने र तमाम शिक्षकले सोही व्यहोरामा परीक्षा दिन नपाउने भएको जिकिर अस्थायी शिक्षकहरुले गरेका छन् । त्यस्तै, सर्वोच्च अदालतमा संवैधानिक इजलासमा कारण देखाऊ आदेश जारी भइसकेको छ । संवैधानिक इजलासको फैसला पछि हेर्नेगरी करिब आधा दर्जन रिट विचाराधीन अवस्थामा रहँदा पनि परीक्षा स्थगित नगरिएको प्रति आक्रोश व्यक्त गर्दै अस्थायी शिक्षकहरुले लोकतन्त्रले खोसेको न्याय दिलाइदिन पूर्वराजासँग गुहार मागेका हुन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा टुंगो नलागेरै एउटै समस्यामा कोहीलाई परीक्षाको मौका र कोहीलाई बञ्चित बनाएको बिन्तीपत्रमा उल्लेख छ । यस्तो परीक्षा स्थगित नगराइए अदालतबाट भएको परीक्षा नै रद्द गराइने अधिवक्ता कोषराज काफ्लेले जानकारी दिए ।
Kashyap Raj
हा हा कती हास्नु