इन्टरपोलको प्रोजेक्ट रिले अन्तर्गत दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न,

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २६, २०७४
|
|
२९ पटक हेरिएको
Shares
इन्टरपोलको प्रोजेक्ट रिले अन्तर्गत दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न,

सारांश

  • काठमाडौं , नेपाल उद्गम स्थल भई वा नेपाललाई ट्रान्जिट बनाई बढ्दो मानव तस्करी र बेचबिखन नियन्त्रण गर्ने उदेश्यका साथ  सिंगापुर स्थित इन्टरपोलको क्षेत्रीय कार्यालय र इन्टरपोल नेपाल (एनसिबि काठमाडौं)को संयुक्त समन्वयमा प्रोजेक्ट रिले अन्तर्गत होटल ह्यातमा सोमबारदेखि सुरु भएको दुई दिने अन्तरक्रिया क्रार्यकम मंगलबार सम्पन्न भएको छ ।
  • उक्त कार्यक्रममा नेपालमा गैरकानुनी ढंगले आवागमन गर्ने बिदेशी नागरीकहरुको पहिचान गरी कानूनी दायरामा ल्याउन सरोकारवाला सम्बन्धित पक्षहरु अध्यागमन बिभाग, भन्सार बिभाग,नागरिक उड्डयन प्राधिकरण, नेपाल बायुसेवा निगम, बिमानस्थल सुरक्षा प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो, महिला तथा बालबालिका सेवा निर्देशनालय, इन्टरपोल काठमाण्डौ र सिंगापुर स्थित इन्टरपोलको क्षेत्रीय कार्यालयका प्रतिनिधिहरु गरी १५ जना बिच छलफल तथा कार्यपत्र प्रस्तुत भएको थियो ।
  • यस प्रोजेक्ट रिले अन्तर्गत इन्टरपोल नेपालले ःष्नचबलत क्mगननष्लिन को अपराध संजाल तोड्न,अपराध न्यूनिकरण गर्न र डाटाबेश तयार गर्न सक्रिय भूमिका निर्बाह गर्नेछ ।

काठमाडौं ,
नेपाल उद्गम स्थल भई वा नेपाललाई ट्रान्जिट बनाई बढ्दो मानव तस्करी र बेचबिखन नियन्त्रण गर्ने उदेश्यका साथ  सिंगापुर स्थित इन्टरपोलको क्षेत्रीय कार्यालय र इन्टरपोल नेपाल (एनसिबि काठमाडौं)को संयुक्त समन्वयमा प्रोजेक्ट रिले अन्तर्गत होटल ह्यातमा सोमबारदेखि सुरु भएको दुई दिने अन्तरक्रिया क्रार्यकम मंगलबार सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नेपालमा गैरकानुनी ढंगले आवागमन गर्ने बिदेशी नागरीकहरुको पहिचान गरी कानूनी दायरामा ल्याउन सरोकारवाला सम्बन्धित पक्षहरु अध्यागमन बिभाग, भन्सार बिभाग,नागरिक उड्डयन प्राधिकरण, नेपाल बायुसेवा निगम, बिमानस्थल सुरक्षा प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो, महिला तथा बालबालिका सेवा निर्देशनालय, इन्टरपोल काठमाण्डौ र सिंगापुर स्थित इन्टरपोलको क्षेत्रीय कार्यालयका प्रतिनिधिहरु गरी १५ जना बिच छलफल तथा कार्यपत्र प्रस्तुत भएको थियो ।
यस प्रोजेक्ट रिले अन्तर्गत इन्टरपोल नेपालले ःष्नचबलत क्mगननष्लिन को अपराध संजाल तोड्न,अपराध न्यूनिकरण गर्न र डाटाबेश तयार गर्न सक्रिय भूमिका निर्बाह गर्नेछ ।
प्रोजेक्ट रिले दक्षिण तथा दक्षिण पूर्वी एसियाका आठ इन्टरपोलका सदस्य राष्ट्रहरु नेपाल, भारत, बङ्गलादेश, भुटान, श्रीलंका, थाइल्याण्ड, फिलिपिन्स र बर्मा बीच मानव तस्करी सम्बन्धी समस्या पहिचान र न्युनिकरण गर्न बनेको बिशेष प्रोजेक्ट हो ।
आगामी सेप्टेम्बर १४ देखि १५ तारिकमा श्रीलंकाको कोलम्बोमा हुने प्रोजेक्ट रिले सम्बन्धी कार्यक्रममा नेपालको तर्फबाट उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी कार्यालयका प्रतिनिधिहरु, अन्य सात सदस्य राष्ट्र तथा इन्टरपोलको क्षेत्रीय कार्यालय सिंगापुरका प्रतिनिधिहरुको समेत सहभागिता रहने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?