आजदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १८, २०८०
|
|
२४ पटक हेरिएको
Shares
आजदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै

सारांश

  • काठमाडौँ ।
  • जल तथा मौसम विज्ञान विभागले आजदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने जानकारी गराएको छ ।
  • विभागका मौसमविद् गोविन्द झाले नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहने र अन्य क्षेत्रबाट क्रमिक सुधार हुँदै जाने बताए ।

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने जानकारी गराएको छ । विभागका मौसमविद् गोविन्द झाले नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहने र अन्य क्षेत्रबाट क्रमिक सुधार हुँदै जाने बताए ।

“तर पनि हिजो र आजको जस्तो लगातार झरी हुन्न, केही समय पानी पर्ने र केही समय घाम पनि लाग्ने हुन्छ, पूर्वमा मात्रै अलिकति बाँकी छ, अब भोलिदेखि भारी वर्षा भने हुन्न”, उनले बुधबार भने । उनले राति भने केही ठाउँमा भारी वर्षा हुनसक्ने बताए ।

विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको छ । साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रकोसमेत प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।

वर्षाका कारण त्यस क्षेत्रबाट बहने नदीको जलसतह हल्का बढ्नसक्ने, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधाका साथै चट्याङको जोखिमबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालोबजारी गर्नेलाई पाता कस्छौं, सूचना दिनुहोस : मन्त्री भट्ट
कालोबजारी गर्नेलाई पाता कस्छौं, सूचना दिनुहोस : मन्त्री भट्ट
वाईड बडीमा भ्रष्टाचार भएको निश्कर्ष, दोषीमाथि हदैसम्मको कारबाही गर्न लेखा समितिको सिफारिस
वाईड बडीमा भ्रष्टाचार भएको निश्कर्ष, दोषीमाथि हदैसम्मको कारबाही गर्न लेखा समितिको सिफारिस
आज पनि घट्यो सुनको मूल्य
आज पनि घट्यो सुनको मूल्य
मेलम्ची आयोजनालाई लिएर मेरो चरित्र हत्या गर्न खोजियो : खानेपानी मन्त्री
मेलम्ची आयोजनालाई लिएर मेरो चरित्र हत्या गर्न खोजियो : खानेपानी मन्त्री
समयमै काम नगर्नेको ठेक्का रुद्द गर्दै ऊर्जा मन्त्रालय
समयमै काम नगर्नेको ठेक्का रुद्द गर्दै ऊर्जा मन्त्रालय
कतारमा ४९ प्रतिशत नेपालीको पासपोर्ट रोजगारदाता कम्पनीसँग
कतारमा ४९ प्रतिशत नेपालीको पासपोर्ट रोजगारदाता कम्पनीसँग
घट्यो सुनचाँदीको मूल्य
घट्यो सुनचाँदीको मूल्य
रक्षामन्त्री पोख्रेलज्यू यता पनि ध्यान दिने कि ? सेनाभित्र खरिदमा ५ करोडको ज्याकेट २२ करोडमा खरिद !
रक्षामन्त्री पोख्रेलज्यू यता पनि ध्यान दिने कि ? सेनाभित्र खरिदमा ५ करोडको ज्याकेट २२ करोडमा खरिद !
संसद्का कर्मचारीलाई खाजा भत्तामा बाँडियो  १२ करोड !
संसद्का कर्मचारीलाई खाजा भत्तामा बाँडियो १२ करोड !
एसिया कप छनोटः नेपाललाई पाँचाै सफलता, कप्तान रथ भए सन्दिपकाे शिकार
एसिया कप छनोटः नेपाललाई पाँचाै सफलता, कप्तान रथ भए सन्दिपकाे शिकार

तपाईंले छुटाउनुभयो कि?