फेसबुकमा जथाभावी लेख्ने हेडसर पक्राउ
सारांश
- काठमाडौं ।
- फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गर्दै जथाभावी लेखेको आरोपमा एकजना हेडसर पक्राउ परेका छन् ।
- सामाजिक सञ्जालमा जथाभावी लेखेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची ३ का प्रधानाध्यापक ईश्वर कुमार चौलागाईं पक्राउ परेका हुन्।
काठमाडौं । फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गर्दै जथाभावी लेखेको आरोपमा एकजना हेडसर पक्राउ परेका छन् । सामाजिक सञ्जालमा जथाभावी लेखेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची ३ का प्रधानाध्यापक ईश्वर कुमार चौलागाईं पक्राउ परेका हुन्।
उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोकको मेलम्चीबाट पक्राउ गरी काठमाडौं ल्याएको हो। चौलागाईं नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको सचिव रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चौलागाईंले फेसबुकमा सम्मानित संस्थाविरुद्ध अपमानित हुने कुरा लेखेर पोस्ट गरेका थिए। प्रधानाध्यापक चौलागाईंले फेसबुकमा लेखेको पोस्ट साइबर अपराध भएको पाइएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया