आज दशैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाईँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १३, २०७६
|
|
१८ पटक हेरिएको
Shares
आज दशैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाईँदै

सारांश

  • काठमाडौं ।
  • आज नवदूर्गाको दोस्रो दिन ब्रह्मचारिणी देवीको दर्शन तथा पूजा आराधना गरि मनाईँदै छ।
  • देशभरका शक्तिपीठहरुमा आज बिहानैदेखि भक्तजनको घुईंचो लागेको छ।

काठमाडौं । आज नवदूर्गाको दोस्रो दिन ब्रह्मचारिणी देवीको दर्शन तथा पूजा आराधना गरि मनाईँदै छ। देशभरका शक्तिपीठहरुमा आज बिहानैदेखि भक्तजनको घुईंचो लागेको छ। घटस्थापनाको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको आराधना गरिन्छ।

काठमाडौंको हनुमानढोकास्थित दशैँ घरसँगै देशभरका देवी मन्दिरहरुमा घटस्थापना गरिएको छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

काठमाडौँका गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा पूजा गर्ने गरिन्छ।

काठमाडौँ बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि भक्तालुहरूको घुईंचो लागेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?