नयाँ कानुनमा पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने
सारांश
- शिखरन्युज ।
- नेपालमा ५५ वर्षपछि मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै भदौ १ देखि नयाँ कानुन कार्यान्वयनमा आउन लागेको छ ।
- मुलुकी देवानी संहिता र फौजदारी संहिताले २०२० सालमा बनेको मुलुकी ऐनलाई प्रतिस्थापन गर्न लागेको हो ।
शिखरन्युज । नेपालमा ५५ वर्षपछि मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै भदौ १ देखि नयाँ कानुन कार्यान्वयनमा आउन लागेको छ । मुलुकी देवानी संहिता र फौजदारी संहिताले २०२० सालमा बनेको मुलुकी ऐनलाई प्रतिस्थापन गर्न लागेको हो ।
मुलुकी अपराध संहिता, कार्यविधि लगायत ५ वटा कानुन लागू हुँदैछन् । यी संहितामा सामाजिक–सांस्कृतिक विकृति नियन्त्रण गर्न कडा सजाय सहितको व्यवस्था छ ।
पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने
चारदिनपछि लागू हुने मुलुकी अपराध संहितामा सम्बन्ध विच्छेदको हकमा महिला र पुरुषलाई बराबर अधिकार दिएको छ ।
अबदेखि पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने भएका छन् । नयाँ कानुनमा पुरुषले पनि अदालत गएर सम्बन्ध विच्छेद गर्न पाउने भएका हुन् । अहिलेसम्म महिलाले मात्र अदालत जानसक्ने व्यवस्था थियो ।
पत्नीको मञ्जुरी बिना पतिले सम्बन्ध विच्छेद गर्नसक्ने व्यवस्था ऐनमा ल्याइएको छ । साउन मसान्तसम्म महिलाले चाहेको खण्डमा मात्र पारपाचुके हुनसक्ने व्यवस्था छ ।
कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार ३ वर्ष वा सोभन्दा बढी समय अलग बसेमा पारपाचुके गर्न पाउने व्यवस्था गरिएको हो ।
पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च ठहरेमा पतिले पत्नीको मञ्जुरी बिना सम्बन्ध विच्छेद गर्नसक्ने व्यवस्था छ ।
त्यस्तै पत्नीले परपुरुषसँग यौन सम्बन्ध राखे पुरुषले सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था छ ।

प्रतिक्रिया