भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई शुभकामना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १३, २०७७
|
|
२७ पटक हेरिएको
Shares
भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई शुभकामना

सारांश

  • भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
  • राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्द र प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्ला–बेग्लै शुभकामना सन्देश पठाउँदै शुभकामना एवं बधाई ज्ञापन गरेका छन् ।
  • सन्देशमा राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपतिको व्यक्तिगत सुख सुस्वास्थ्यका साथै भारतका जनताको शान्ति र प्रगतिको कामना गरिएको छ ।

भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्द र प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्ला–बेग्लै शुभकामना सन्देश पठाउँदै शुभकामना एवं बधाई ज्ञापन गरेका छन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपतिको व्यक्तिगत सुख सुस्वास्थ्यका साथै भारतका जनताको शान्ति र प्रगतिको कामना गरिएको छ । उनले शताब्दीऔँ पुरानो बहुआयामिक नेपाल–भारत सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास सन्देशमा उल्लेख गरेकी छन् ।

त्यस्तै, प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई पठाएको सन्देशमा भारतका जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन्। मैत्री, समानता, सहयोग र पारस्परिक सम्मानमा आधारित बहुआयामिक एवं सुमधुर सम्बन्धको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विज्ञान, प्रविधि, चिकित्सा र आर्थिक विकासमा भारतले गरेको चमत्कारपूर्ण योगदानको प्रशंसा गरेका छन्। उनले कोभिड–१९ विरुद्धको १० लाख मात्रा खोप नेपाललाई अनुदानस्वरुप उपलब्ध गराएकामा हार्दिक कृतज्ञतासमेत ज्ञापन गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टाइमर मिलाउन नजान्दा १२ घण्टा अघि नै विष्फोट
टाइमर मिलाउन नजान्दा १२ घण्टा अघि नै विष्फोट
अफगानिस्तानमा ११ नेपाली घाइते
अफगानिस्तानमा ११ नेपाली घाइते
एमाले माओवादी गठबन्धन भत्काउँदै पाल्पाको रामपुरमा कांग्रेसले जीत्यो
एमाले माओवादी गठबन्धन भत्काउँदै पाल्पाको रामपुरमा कांग्रेसले जीत्यो
विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न ः मन्त्री धिमिरे
विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न ः मन्त्री धिमिरे
बालेनको योजनामा ओली, लेखक र मलाई गिरफ्तार गर्नुपर्छ भनेर ट्रेण्ड चलाइयोः महेश बस्नेत
बालेनको योजनामा ओली, लेखक र मलाई गिरफ्तार गर्नुपर्छ भनेर ट्रेण्ड चलाइयोः महेश बस्नेत
भरतपुर : पछिल्लो मत परिणाम, रेणु र देवीको मतअन्तर तीन सय भन्दा कम
भरतपुर : पछिल्लो मत परिणाम, रेणु र देवीको मतअन्तर तीन सय भन्दा कम
दुबईमा दम्पतीको मृत्युपछि परिवार शोकमा
दुबईमा दम्पतीको मृत्युपछि परिवार शोकमा
लण्डनःटावर ब्लकमा भीषण आगलागी
लण्डनःटावर ब्लकमा भीषण आगलागी
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबाट विकृति आउँछः उपप्रम गच्छदार
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबाट विकृति आउँछः उपप्रम गच्छदार
रवीन्द्र मिश्र र रञ्जु दर्शनाबारे विवादास्पद समाचार लेख्ने पक्राउ
रवीन्द्र मिश्र र रञ्जु दर्शनाबारे विवादास्पद समाचार लेख्ने पक्राउ

तपाईंले छुटाउनुभयो कि?