प्रधानमन्त्रीसँग विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकको भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ९, २०८०
|
|
२५ पटक हेरिएको
Shares
प्रधानमन्त्रीसँग विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकको भेटवार्ता

सारांश

  • काठमाडौं ।
  • इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूले भेटवार्ता भएको छ ।
  • राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा आज भएको भेटमा कृषि अभ्यासको अभिवृद्धि, खाद्य सुरक्षा र दिगो विकासका विविध विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

काठमाडौं । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूले भेटवार्ता भएको छ ।

राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा आज भएको भेटमा कृषि अभ्यासको अभिवृद्धि, खाद्य सुरक्षा र दिगो विकासका विविध विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

विश्वव्यापी रुपमा भोकमरीको अन्त्य गर्ने मानव कल्याणका लागि स्थापित सो संस्था संयुक्त राष्ट्र सङ्घको महत्वपूर्ण निकाय हो । सो संस्थाको नेपालमा सन् १९५१ काम गर्दै आएको छ ।

त्यसअघि प्रधानमन्त्री प्रचण्डसँग इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) का प्रमुख एल्भारो लाइरोले भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?