आज पनि सुनको भाउ स्थिर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ५, २०८०
|
|
१९ पटक हेरिएको
Shares
आज पनि सुनको भाउ स्थिर

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा सुनको भाउ मंगलबार पनि स्थिर रहेको छ ।
  •  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं । नेपाली बजारमा सुनको भाउ मंगलबार पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार र सोमबार पनि सोही मूल्यमा सुनको भाउ निर्धारण भएको थियो ।

महासंघका अनुसार मंगलबार चाँदीको मूल्य भने घटेको छ। मंगलबार चाँदीको तोला ३५ रुपैयाँले घटेर १४ सय ३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि सोमबार चाँदी प्रतितोलाई १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?