पर्यटकको भेषमा नेपालमा आईएस भित्रिरहेको हुनसक्छः गृह राज्यमन्त्री

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १०, २०७४
|
|
३९ पटक हेरिएको
Shares
पर्यटकको भेषमा नेपालमा आईएस भित्रिरहेको हुनसक्छः गृह राज्यमन्त्री

सारांश

  • रामेछाप ।
  • गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले पर्यटकका भेषमा नेपालमा आईएस भित्रिरहेको हुन सक्ने बताएका छन् ।
  • उनले नेपालमा पर्यटक भित्र्याउने संयन्त्र नहुँदा आपराधिक मनोवृत्तिका विदेशी पर्यटकका रुपमा भित्रिरहेको हुनसक्ने आशंका व्यक्त गरे ।

रामेछाप । गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले पर्यटकका भेषमा नेपालमा आईएस भित्रिरहेको हुन सक्ने बताएका छन् । उनले नेपालमा पर्यटक भित्र्याउने संयन्त्र नहुँदा आपराधिक मनोवृत्तिका विदेशी पर्यटकका रुपमा भित्रिरहेको हुनसक्ने आशंका व्यक्त गरे ।

प्रेस सेन्टर रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै श्रेष्ठले भने, ‘विदेशी पर्यटकका रुपमा कस्ता मान्छेहरु नेपाल आउँछन् भन्ने हेर्ने मेकानिजम हामीसँग छैन । यसको उपयोग गर्दै आईएसका लडाकुहरु नेपालमा भित्रिएका हुनसक्छन् ।उनीहरुलाई आतंकवादी गतिविधि सञ्चालन गर्ने थलो नेपाल बन्न सक्छ ।’

नेपालमा अध्यागनमनको पाटो अति कमजोर रहेको बताउँदै श्रेष्ठले नेपाल आतंकारीहरुको खेल खेल्ने थलो हुन सक्ने बताए । यही समस्याको समाधानको लागि अध्यागमनसम्बन्धी विधेयक आवश्यक रहेको उनले बताए । देशलाई आतंकारकीहरुको खेल खेल्ने थलो हुनबाट जोगाउन अध्यागमन विधेयकको मस्यौदा निर्माणको लागि गृह मन्त्रालयले निर्देशन दिइसकेको उनले बताए ।

राज्यमन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा गृहमन्त्रालयमार्फत अहिलेसम्म हुन नसकेका परिणाममुखी कामहरु गरेर देखाउने प्रतिवद्धता समेत जनाए । उनले गृहमन्त्रालयसँग सम्बन्धित नीतिगत र संरचनागत समस्या फुकाउने र कार्यगत त्रुटिहरुलाई सच्याउने प्रतिवद्धता जनाए ।

श्रेष्ठले विपद् व्यवस्थापनको काननू नै नभएकोले विपदका घटना बढ्दै गएको बताउँदै पूर्वतयारी सहितको विपद् व्यवस्थापन विधेयक छिटोभन्दा छिटो आउने बताए । उनले आफू झण्डा हल्लाउन र फोटो राख्नको लागि मन्त्री नभएको बताउँदै गृह प्रशासन भित्र देखिने गरी काम गर्ने बताए ।

स्थानीय ,प्रदेश र केन्द्रको निर्वाचन समयमै सम्पन्न गर्नु वर्तमान सरकारको पहिलो प्राथमिकता रहेको पनि उनले बताए । उनले ३ वटै निर्वाचन तोकिएको समयभित्र सम्पन्न नभएसम्म देश आर्थिक विकासको गतिमा अघि नबढ्ने बताए । राज्यमन्त्री बनेपछि पहिलोपटक गृह जिल्ला रामेछाप आएका श्रेष्ठले तीनवटै तहका निर्वाचनहरु सम्पन्न नभए विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरु गुम्ने खतरा रहेको बताए ।

(https://www.sweetfixbaker.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक संजालमा विज्ञापनः १० हजार लाइकले ६० हजारसम्म कमाइ
सामाजिक संजालमा विज्ञापनः १० हजार लाइकले ६० हजारसम्म कमाइ
लकडाउन वैशाख ३ गतेसम्म लकडाउन
लकडाउन वैशाख ३ गतेसम्म लकडाउन
प्रेस सङ्कुचन हुने कानूनी प्रावधान संशोधन हुने
प्रेस सङ्कुचन हुने कानूनी प्रावधान संशोधन हुने
विश्व शान्ति पूजा (मोन्लम) लुम्बिनीबाट बोधगयामा सारिएकोप्रति खेद प्रकट
विश्व शान्ति पूजा (मोन्लम) लुम्बिनीबाट बोधगयामा सारिएकोप्रति खेद प्रकट
नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले सरकारलाई दियो ७२ घण्टे अल्टिमेटम (विज्ञप्तीसहित
नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले सरकारलाई दियो ७२ घण्टे अल्टिमेटम (विज्ञप्तीसहित
काठमाडौँको मेयरमा कांग्रेसबाट सिर्जना सिंहको उम्मेदवारी
काठमाडौँको मेयरमा कांग्रेसबाट सिर्जना सिंहको उम्मेदवारी
ऋणको किस्ता र ब्याज तिर्ने समय लम्बाउन राष्ट्र बैंकको निर्देशन कुर्दै व्यवसायी
ऋणको किस्ता र ब्याज तिर्ने समय लम्बाउन राष्ट्र बैंकको निर्देशन कुर्दै व्यवसायी
प्रधानमन्त्री ओलीको सूचना तथा प्रविधिविज्ञमा असगर अली
प्रधानमन्त्री ओलीको सूचना तथा प्रविधिविज्ञमा असगर अली
विवेकशील साझा दलका नेता उज्वल थापाको निधन
विवेकशील साझा दलका नेता उज्वल थापाको निधन
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर