आम्दानीको स्रोत बन्दै गुच्चीच्याउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २१, २०८०
|
|
४१ पटक हेरिएको
Shares
आम्दानीको स्रोत बन्दै गुच्चीच्याउ

सारांश

  • मुगु ।
  • सोरु गाउँपालिका–४ फोतुकी रामदेवी शाहीलाई अहिले गुच्चीच्याउ टिप्न भ्याइनभ्याइ छ ।
  • उनी बिहान सबेरै नजिकका सामुदायिक वनमा पुगेर साँझअबेर मात्र घर फर्कन्छन्  ।

मुगु । सोरु गाउँपालिका–४ फोतुकी रामदेवी शाहीलाई अहिले गुच्चीच्याउ टिप्न भ्याइनभ्याइ छ । उनी बिहान सबेरै नजिकका सामुदायिक वनमा पुगेर साँझअबेर मात्र घर फर्कन्छन्  ।

हिमपात र वर्षा धेरै भएकाले यसपाली गुच्चीच्याउको उत्पादन राम्रो भएको उनले बताए । उनी दिनभरी गुच्चीच्याउ टिप्न व्यस्त भएकी हुन् । गतवर्ष च्याउ टिपेर रु २५ हजार कमाएकी उनलाई यस वर्ष झन् बढी पैसा कमाउने धोको छ । ताजागाउँकी बेलसरा बुढाले पनि वनजङ्गलमा बाख्रा चराउँदै गुच्चीच्याउ सङ्कलन गर्ने गरेका छन् । गतवर्ष च्याउ बेचेर उनले रु ४० हजार कमाएको थियो  ।

जिल्लाका ग्रामीण भेगका बासिन्दालाई अहिले गुच्चीच्याउ टिप्ने चटारो छ । जिल्लामा बर्सेनि चैतको पहिलो सातादेखि गुच्चीच्याउ टिप्ने ‘सिजन’ सुरुआत हुन्छ । विपन्नको मुख्य आयस्रोतका रूपमा चिनिने च्याउले बर्सेनि राम्रो मूल्य पाउन थालेको छ । यस वर्ष भारी हिमपात र अधिक वर्षा भएकाले गुच्चीच्याउको राम्रो उत्पादन भएको स्थानीयवासीको आशा छ । “जङ्गलमा च्याउ टिप्दैमा दिन बित्ने गरेको छ,’ उनले भने, “च्याउ नटिपे वर्षभरिको खर्च धान्न मुस्किल हुन्छ, त्यसैले वनजङ्गलको च्याउलाई मुख्य आयआर्जनको स्रोत बनाएका छौंँ ।” च्याउ टिप्न बिहानै वनजङ्गलमा जानुपर्ने र साँझ मात्र घर फर्किने भएकाले पहिले नै खानपिनको व्यवस्था गर्नुपर्ने उनले बताए ।

स्थानीय बजारमा गुच्चीच्याउको मूल्य प्रतिकिलो रु १४ हजारदेखि १७ हजारसम्म पर्ने स्थानीयवासीको भनाइ छ । केही व्यापारीले प्रतिगोटा सात रुपैयाँमा च्याउकिन्ने गरेका छन् । जिल्लाको खत्याड, सोरु, मुगुमकार्मारोङ गाउँपालिका र छायानाथ रारा नगरपालिकाका अधिकांश जङ्गलमा गुच्चीच्याउ पाइन्छ छ ।

बेँसीतिर उम्रिने गुच्चीच्याउ पहेँलो आकारको हुने र लेकमा उम्रने च्याउ कालो आकारको हुने सोरु गाउँपालिकाकच्चेका कलबहादुर कार्कीले बताए । उनका अनुसार च्याउ टिप्ने समयमा गाउँमा ज्येष्ठ नागरिक र अशक्तमात्र घरमा बस्छन् । बालबालिकासमेत पढाइ छाडेर गुच्चीच्याउ टिप्न जाने गरेका छन् र च्याउको सिजनका बेलागाउँबस्ती सुनसान हुने गरेको छ । निगालो, पीपल, उन्युँ बढी भएको जङ्गलमा गुच्चीच्याउ बढी उम्रिने गरेको छ ।

उनका अनुसार उम्रेको दुई सातासम्म टिप्न नसके कुहिने, वन्यजन्तु र चराले खाने समस्या छ । सोरु गाउँपालिकाको रुम, रारा गिलाहा, धैनकोट, कालै, फोतु नेर, नार्थपु, खत्याड गाउँपालिकाको खमाले, गम्था, निगालबोट तथा मुगुमकार्मारोङ गाउँपालिकाको चितै, माग्री, पापु गाउँकाजङ्गलमा च्याउ बढी पाइन्छ ।

जिल्लामा उत्पादित गुच्चीच्याउ नेपालगञ्ज, काठमाडौँं र तिब्बत्सम्म जाने गरेको नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष मेलबहादुर शाहीले बताए । उनका अनुसार व्यवसायीले गाउँमै पुगेर च्याउ सङ्कलन गर्छन् । उनले जिल्लामा करिब २० क्विन्टल बढी गुच्चीच्याउ पाइने गरेको बताए । सोरु गाउँपालिकाको वन क्षेत्रमा सङ्कलन हुने च्याउव्यापारीले हुम्लाको हिल्सा नाकाहुँदै तिब्बती बजारमा पु¥याउने गरेका छन् । गुच्चीच्याउको तरकारी मासुजस्तै स्वादिलो हुने र औषधि निर्माणमासमेत प्रयोग गरिने भएकाले यसको माग बढेको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिममा आज तेस्रो पटक सभामुख पदका लागि निर्वाचन हुँदै
सुदूरपश्चिममा आज तेस्रो पटक सभामुख पदका लागि निर्वाचन हुँदै
तनहुँ–१ उपनिर्वाचनः दुई उम्मेदवारले मात्रै मतदान गर्दै
तनहुँ–१ उपनिर्वाचनः दुई उम्मेदवारले मात्रै मतदान गर्दै
आज पारशको जन्मदिन : परिवार पोखरामा पारस एक्लै चितवनतिर
आज पारशको जन्मदिन : परिवार पोखरामा पारस एक्लै चितवनतिर
प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी, राजश्व बोर्डको अध्यक्षमा दाहाल
प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी, राजश्व बोर्डको अध्यक्षमा दाहाल
मेलम्ची खानेपानीको सुरुङमा खन्न अब ३९ सय मिटर मात्रै बाँकी
मेलम्ची खानेपानीको सुरुङमा खन्न अब ३९ सय मिटर मात्रै बाँकी
२८ वर्षीय युवा पेस्तोलसहित पक्राउ
२८ वर्षीय युवा पेस्तोलसहित पक्राउ
दुईपटक शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो
आईजीपी नियुक्तिमा असन्तुष्ट दुई एआईजी अदालत गए
आईजीपी नियुक्तिमा असन्तुष्ट दुई एआईजी अदालत गए
पुष्पकमल दाहालले ‘त्रिमूर्ति सम्मान र सत्यमोहन जोशी शताब्दी पदक अस्वीकार
पुष्पकमल दाहालले ‘त्रिमूर्ति सम्मान र सत्यमोहन जोशी शताब्दी पदक अस्वीकार
आमा अभिनेत्रीको जिम्मेवारी र दायित्व
आमा अभिनेत्रीको जिम्मेवारी र दायित्व