राष्ट्रपतिबाट फिर्ता भएको दुई सातासम्म पनि सभामुखको बेवास्ताले विधेयक अलपत्र

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २२, २०७६
|
|
२५ पटक हेरिएको
Shares
राष्ट्रपतिबाट फिर्ता भएको दुई सातासम्म पनि सभामुखको बेवास्ताले विधेयक अलपत्र

सारांश

  • काठमाडौं, २२ जेठ ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको राहदानी विधेयक अलपत्र परेको छ ।
  • सभामुख कृष्णबहादुर महराले चासो नदिँदा विधेयक अलपत्र परेको हो ।

काठमाडौं, २२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको राहदानी विधेयक अलपत्र परेको छ ।सभामुख कृष्णबहादुर महराले चासो नदिँदा विधेयक अलपत्र परेको हो । राष्ट्रपतिबाट विधेयक फिर्ता आएको दुई साता बितिसकेको छ ।सभामुख महराले विधेयक कसरी अघि बढाउने भन्ने विषयमा छलफल नै थालेका छैनन् । विधेयक फिर्ता भइसकेपछि सरकार तथा दलका प्रमुख सचेतकसँग छलफल गरेर संसदको नियमावलीअनुसार अघि बढाउने दायित्व सभामुखको भएको संसद सचिवालयका एक अधिकारीले बताए ।

अनौपचारिक छलफलबाट कुन प्रक्रियामा लैजाने भन्ने सहमति भएपछि मात्रै विधेयक अघि बढ्ने भएकाले यसमा सभामुखको नै प्रमुख हात हुने उनको भनाइ छ । –नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?