शक्तिशाली माओवादी केन्द्र बनाऊ
सारांश
- केदारनाथ नेपाल (निश्चल) जनयुद्व थालनी गर्नु केहि समय अघिबाट पार्टीको नाम नेकपा९माओबादी राख्दै प्रचण्डको नेतृत्वमा २०५२ फागुन १ गतेबाट नेपालमा महान् जनयुद्वको शुरुवात भएको थियो ।
- राज्यको भेदभावपूर्ण ब्याबाहार, थिचोमिचो, अन्याय, अत्याचार र सामन्तीबर्गको जन्जिरबाट जनतालाई मुक्त गराउन तरवारको धारमाथिको यात्रा माओबादी नेताहरुले गरेका थिए ।
- सिमित ब्यक्तिहरु बाट शुरु गरिएको जनयुद्वले आठ बर्षको अबधिमा अन्ततः जनताको मन जित्दै विशाल रुप लियो ।
केदारनाथ नेपाल (निश्चल)
जनयुद्व थालनी गर्नु केहि समय अघिबाट पार्टीको नाम नेकपा९माओबादी राख्दै प्रचण्डको नेतृत्वमा २०५२ फागुन १ गतेबाट नेपालमा महान् जनयुद्वको शुरुवात भएको थियो । राज्यको भेदभावपूर्ण ब्याबाहार, थिचोमिचो, अन्याय, अत्याचार र सामन्तीबर्गको जन्जिरबाट जनतालाई मुक्त गराउन तरवारको धारमाथिको यात्रा माओबादी नेताहरुले गरेका थिए ।
सिमित ब्यक्तिहरु बाट शुरु गरिएको जनयुद्वले आठ बर्षको अबधिमा अन्ततः जनताको मन जित्दै विशाल रुप लियो । माओबादी जनयुद्वले नेपालमा ठुलो परिवर्तन ल्याईदियो । हुनत जनयुद्वमा सबै सकारात्मक काम मात्र भएनन् कतिको सिउदो पुछियो, कतिको काख रितियो त कति बेसहारा बने, कति बिस्थापित समेत बने । त्यो युद्वको एक पाटो थियो ।
ऐतिहासिक राजनीतिक घटनाक्रम सम्झँदा नेपालबाट राणाशासन हटाउनमा काङ्ग्रेसको देन छ । त्यस पश्चात् राजतन्त्र हटाउन माओबादी ले कठोर संघर्ष गरेको ईतिहास पनि हाम्रासामु ताजै छ ।
तर, जति नकारात्मक कार्यहरु भए त्यस भन्दा बढि सकारात्मक काम पनि भए । एक किसिमले भन्ने हो भने जनयुद्वले राजनीतिक रुपमा जनताको चेतनास्तरलाई धेरै माथि उठाईदियो । त्यसैको फलस्वरुप राज्यको भेदभावपूर्ण ब्याबाहार बिरुद्व जनताले आवाज उठाउन सक्ने भए । त्यसै कारण तिनै जनताहरु जाग्दा नेपालबाट बिधिवत् २४० बर्ष अघिदेखिको सामन्ति राजनत्त्रिय शासनको अन्त्य हुन पुगेको हो । ऐतिहासिक राजनीतिक घटनाक्रम सम्झँदा नेपालबाट राणाशासन हटाउनमा काङ्ग्रेसको देन छ । त्यस ईतिहासलाई हामिले भुल्नु हुदैन । त्यस पश्चात् राजतन्त्र हटाउन माओबादी ले कठोर संघर्ष गरेको ईतिहास पनि हाम्रासामु ताजै छ ।

कुनैपनि राजनीतिक दल विभाजित हुनु पक्कै पनि देशको लागि शुभ संकेत होईन । हुनत नेपालका कुनैपनि पुराना राजनीतिक दल फुटको शिकार हुनबाट जोगिएका छैनन् । कांग्रेस बिभाजित भयो । एमाले पनि बिभाजित भएकै हो । अन्य साना दलपनि टुक्रा टुक्रामा बीभाजित छन् । काङ्ग्रेस ( एमालेहरु बिभाजित भएको केहि समय पश्चात् पुनः एक भए । तर, माओबादी जत्तिको टुक्रा टुक्रा भएर उनिहरु बिभाजित भएनन् । साँच्चै भन्ने हो भने अहिले माओबादी र किटको कराई पर्यायवाची बन्न पुगेको जस्तो अनुभव हुदैछ पङ्तिकारलाई ।
कांग्रेस बिभाजित भयो । एमाले पनि बिभाजित भएकै हो । अन्य साना दलपनि टुक्रा टुक्रामा बीभाजित छन् । काङ्ग्रेस ( एमालेहरु बिभाजित भएको केहि समय पश्चात् पुनः एक भए । तर, माओबादी जत्तिको टुक्रा टुक्रा भएर उनिहरु बिभाजित भएनन् ।
बैशाख ३१ र आसार १४ गते दुई चरणको निर्वाचन सम्पन्न हुदा माओबादी एकदमै कमजोर स्थीतिमा देखा पर्यो । कतिपय स्थानमा झिनो मतले दोश्रो स्थानमा चित्त बुझाउ बाध्य भयो । नेताहरु ब्यक्तिगत स्वार्थमा चुर्लुम्म भएको कारण पनि कतिपय स्थानमा माओबादी पराजित भएको देखियो । कतिपय स्थानमा अन्तरघात पनि भएको भन्ने सुनियो । अवसरवादी र अन्तरघातिलाई बेलैमा पहिचान गरेर कारबाहिको दायरामा ल्याउन नेतृत्वले ढिला गर्नु पर्छ ।
भर्खरै माओबादी केन्द्रको भातृसँगठन वाईसियल नेपालको अधिवेशन सम्पन्न भयो । पहिलोपटक वाईसियलले एक होनाहार, बौद्धिक, शालिन , कुशल र सक्षम ब्यक्तिको नेतृत्व पाएको छ। त्यस्तै, विद्यार्थी भातृसँगठन क्रान्तिकारीको सम्मेलन सुरु हुदैछ । आशा गरौ वाईसियलले जस्तै क्रान्तिकारीले पनि सक्षम नेतृत्व पाओस् ।
शान्तिप्रकृयामा आएपश्चात् माओबादीले वाईसियल गठन गर्दा अन्य दलहरु अताल्लिएका थिए । वाईसियलले मजदुरहरुको पक्षमा काम गरेको थियो । वाईसियलकै कारण कयौ मजदुरले आफुलाई राहत महसुस गरेका थिए । त्यसैकारण पनि अन्य दलले अनावश्यकरुपमा वाईसियल बिगठनको माग गर्दै त्यसलाई राष्ट्रिय बहसको बिषय समेत बनाए । अन्य दलको दबाब नेतृत्वमाथी पर्यो । त्यस पश्चात् माओबादीले वाईसियललाई निस्कृय बनायो त्यसैकारण पनि माओबादी केहि कमजोर बन्न पुगेको सत्य हाम्रासामु छ ।
माओबादीले सरकारमा रहँदा या प्रतिपक्षमा रहँदा होस् , आफुले गरेको सकारात्मक कामको प्रचार गर्न सकेन । त्यो उसको सबैभन्दा ठुलो कमजोरी हो ।
माओबादी भित्र एउटा ठुलो समस्या छ । एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्नु । हुनत माओबादीभित्र एउटा धारले मिडियामा बोल्दा स्वतन्त्र ब्यक्तिले बोलेजस्तो बोलिदिन्छन् । पार्टी हितलाई भन्दापनि कसरी बिपक्षीलाई खुशी राख्ने भन्नेमै तल्लीन देखिन्छन् उनिहरु । तिनिहरुसँग नेतृत्व सधै चनाखो रहनुपर्छ । जसको कारण कुनैपनि बेला पार्टीले ठुलो क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्छ ।
शान्तिप्रकृयामा आएपश्चात् बिभिन्न टुक्रामा बीभाजित भैसकेका माओबादी नेताहरु बिस्तारै एक हुदैछन् भन्ने उदाहरण हो, नयाँशक्तिबाट भर्खरै फर्किएका देवेन्द्र पौडेल लगायायतका नेताहरु ।
हिजो एक हुदा जितेकै थियो माओबादीले । अब पनि एक भए वा आफ्ना भातृसँगठनलाई सहि किसिमले परिचालन गरे अवश्य जित्नेछ । एजेण्डामा त माओबादीले जितिसकेको छ । हिजो संघियतालाई बाख्राको टाउकोमा भैसीको सिङ र गणतन्त्रलाई बयलगाडा भन्नेहरुले दुबैलाई स्वीकार गर्नुले नै माओबादी एजेण्डाको जित भएको प्रष्ट हुन्छ ।
बेला बेलामा माओबादी पार्टीहरुबिच पार्टी एकताको विषयले पनि चर्चा पाउदै आएको छ । तर, पर्याप्त गृहकार्य बिना चलाईएको हल्लाको कारण पार्टी एकिकरण सफल हुन सकेको देखिदैन ।
इतिहास सच्याउन त सकिदैन तर समिक्षा गरेर अघि बढ्न भने पक्कै पनि सकिन्छ । त्यसैले, अब माओबादी नेतृत्वले हिजोका आफ्ना कमि कमजोरी सच्याई सबै माओबादी पार्टीबिच एकता गरेर वा आफ्ना भातृसँगठनलाई सशक्त रुपमा परिचालन गरेर अघि बढ्नुको विकल्प छैन ।
साभार : एभरेष्ट दैनिक
Dinesh Thakuri
Yo hutihara namorda party
Gangadhar Dhungana
फेरि १७००० लाई बलिको बोका बनाउनेतर्फ अघि लागौ ।
Dinesh Thakuri
Nepalika Dukhi garibka xora xori H arulai jabarjasti lagera mrayera ajhai k garna khojdaixa timi haruko yedi himmat xa vne Bharat sanga ladhera Dekha
Ramchandra Dhakal
माटोको भाडो फुटेसी जोडन् गर्हो हुन्छ
Angad Moktan
jo futekaharu jutna sakdainan, ti neta, guardians hoinan – har haalatma ek hunu parxa. yo desh congress ra emaalele dubaai sakyo.raastra premi, janatako valo garne vaner nai jyaan baaji lagaako hijo. jyaan baaji thaapneharu ho raastriyata her, aru swaartha gaun hun – tab ek absya hoinxa. kehi dalaalharu abasya xan, ab raasta her, bikaash her ani party strong banaau. maaobaadi name change gar – kraantikaariharu. president system lyaau. Indian borderma fence lagaau. Indian laai compulsory visa system laagu gar. sakinxa vane – gagan thapa, yogesh vattarai, Nabina Lama, etc. laai lyaau. prachanda co-ordinator ban. Baaburaam prime- minister and Baidhya ba supporter ani Janaardan – President. yo ho maile dekheko positive – Nepal. full scientific party banaau. youth, old, poor and medium people laai full attraction garne, promote garne ra nation bachaaune mission lyaau. yehi party ekata huda dekhinxa rastra banne sambhaavana.Ab marne ra maarne hoin – capitalistic communism suits for small our country in the globe. I can survive myself but for the country – I am ready to co-ordinate, contribute and uinte. May spirit come true.
Ratan B Gurung
Good luck
Nabin Prasad Adhikari
लेखक को आसय नेता मिल भन्ने हो, तर नेता मिल्दैमा जनता मिल्दैनन भन्ने कुरा बिर्से जस्तो छ , नेपालीको मानसिकता जित्न पार्टी ले खेल्ने भुमिका पनि नेपाल वाद नै हुनुपर्छ , राम्रो भुमिका निभाएमा पार्टी बाट नेता फुटेर गएपनी जनताले बिश्वास गर्छन् अनि पार्टी जिबन्त रहन्छ , होइन राम्रो भुमिका नभएमा नेताहरु जति जुटेपनी केही हुने वाला छैन , जनता जनार्दन नै जिन्दावाद भन्नुपर्छ , रास्ट्र र रास्टृयता शिरमा राख्नु पर्छ