मन्त्री बाँस्कोटाले मुख खोले : “ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु”

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ८, २०७६
|
|
१९ पटक हेरिएको
Shares
मन्त्री बाँस्कोटाले मुख खोले : “ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु”

सारांश

  • कञ्चनपुर, ८ फागुन ।
  • सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौँ फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन् ।
  • उनले,“ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु, राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन ।

कञ्चनपुर, ८ फागुन । सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौँ फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन् । उनले,“ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु, राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन ।” जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैँ परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ थियो ।

उनले भने,“आरोप आफैंमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ, सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ ।” स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेको अडियो सार्वजनिक भएको थियो ।

अडियोमा ७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव सुनेपछि त्यो भनेको कति भनेर सोध्ने मन्त्री बास्कोटालाई उनले ५५ करोड जति कमिसन हुने प्रष्ट पारेको हाम्राकुरा डटकमले खबर लेखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?