आज फूलपाती भित्र्याइँदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ४, २०८०
|
|
२६ पटक हेरिएको
Shares
आज फूलपाती भित्र्याइँदै

सारांश

  • काठमाडौं।
  • नवरात्रिको सातौँ दिन शनिबार दुर्गापीठ, दशैंघर, कोत तथा घर घरमा फूलपाती भित्र्याइँदै छ।
  • घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कचुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याउने चलन छ।

काठमाडौं। नवरात्रिको सातौँ दिन शनिबार दुर्गापीठ, दशैंघर, कोत तथा घर घरमा फूलपाती भित्र्याइँदै छ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कचुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याउने चलन छ।

हनुमानढोका दरबारको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखादेखि धादिङको जीवनपुरसम्म गोरखा दरबारको दशैंघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पन्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती भित्र्याइन्छ। पृथ्वीनारायण शाहले काठमाडौं राज्यमाथि विजय प्राप्त गरेदेखि नै यो परम्परा छ। यसै दिन रात्रिमा कालरात्रि देवीको पूजा गरिन्छ। यिनै देवीले रक्तबिज नामक दैत्यको संहार गरेको किंवदन्ती छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?