समाजमा अपराधको मोडल फेरिँदै गएको छ : प्रहरी महानिरीक्षक कुँवर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २१, २०८०
|
|
३० पटक हेरिएको
Shares
समाजमा अपराधको मोडल फेरिँदै गएको छ : प्रहरी महानिरीक्षक कुँवर

सारांश

  • लुम्बिनी २१ ।
  • नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले समाज विकाससँगै अपराधको मोडल पनि फेरिँदै गएको बताएका छन् ।
  • उनले प्रविधिको प्रयोगबाट गरिने अपराध आजको मुख्य चुनौती रहेको बताए ।

लुम्बिनी २१ । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले समाज विकाससँगै अपराधको मोडल पनि फेरिँदै गएको बताएका छन् । उनले प्रविधिको प्रयोगबाट गरिने अपराध आजको मुख्य चुनौती रहेको बताए ।

इलाका प्रहरी कार्यलय बुटवलको नवनिर्मित भवनको आज उद्घाटन कार्यक्रममा उहाँले प्रविधिले सृजना गरेको आपराधिक चुनौतीको नियन्त्रण सामना गर्न नेपाल प्रहरी पनि सोहीअनुसार अग्रसर भएर काम गरिरहेको बताए ।

आइजिपी कुँवरले प्रहरी सीमान्तकृत र निम्नवर्गीय नागरिकको साथी बनेर काम गर्ने गरी अगाडि बढिरहेको बताए । “नेपाल प्रहरीले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्छ । त्यसका लागि प्रहरी सङ्गठन प्रतिबद्ध छ”, उनले भने, “जनताको जीउधनको रक्षा र मावन अधिकारको संरक्षण गर्दै सर्वसाधारण नागरिकको जनजीवनलाई सरल, सहज र सुरक्षित गराउने दायित्व पूरा गर्न हामी प्रतिबद्ध छौँ ।”
उनले देशैभरका प्रहरी कार्यालयमा नागरिक सहायता कक्षलाई व्यवस्थित बनाउने उल्लेख गर्दै स्थानीय सरकारको समन्वयमा लागु औषध नियन्त्रणको विशेष कार्यक्रम चलाइने बताए । उनले प्रहरीको कार्यदक्षता वृद्धिका लागि भौतिक पूर्वाधारको सम्पन्नतामा पनि ध्यान दिइएको बताए ।

सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले व्यावसायिक क्षेत्रको संरक्षण, दुर्व्यसन न्यूनीकरण र अनुचित दबाब दिने कामको नियन्त्रणमा प्रहरीको सहयोग जरुरी रहेको बताए । कार्यक्रममा प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमेशराज जोशीले लुम्बिनी प्रदेशको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा नेपाल प्रहरीले अग्रपङ्क्तिमा रहेर काम गरिरहेको बताए ।

इलाका प्रहरी कार्यालय बुटवलको परिसरमा सङ्घीय सरकारमार्फत प्राप्त रु दुई करोड ४१ लाख २० हजारको लागतमा नागरिक सहायता कक्ष र मेस निर्माण भएको छ भने लुम्बिनी प्रदेश सरकारबाट प्राप्त रु तीन करोड १९ लाख १३ हजारमा प्रहरी ब्यारेक र कार्यालय प्रमुखको निवास निर्माण भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

(bushnellmotorsportspark.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुसपछि बेलायतमा धमाधम कोरोनाविरुद्धको खोप
रुसपछि बेलायतमा धमाधम कोरोनाविरुद्धको खोप
रबि लामिछाने भन्छन् : अब यो देश युवाले हाँक्छन्
रबि लामिछाने भन्छन् : अब यो देश युवाले हाँक्छन्
एभरेष्ट बैंकले पाँचखाल नगरपालिकाका कृषकलाई सहुलियत ऋण दिने
एभरेष्ट बैंकले पाँचखाल नगरपालिकाका कृषकलाई सहुलियत ऋण दिने
मालपोतविरुद्ध परेको रिटमा लिखित जवाफ पेश गर्न आदेश
मालपोतविरुद्ध परेको रिटमा लिखित जवाफ पेश गर्न आदेश
१० वर्षपछि यसरी खुल्यो पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोको हत्याको रहस्य
१० वर्षपछि यसरी खुल्यो पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोको हत्याको रहस्य
नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन- अध्यक्ष दाहाल
नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन- अध्यक्ष दाहाल
विमानस्थलमा पनि सेना
विमानस्थलमा पनि सेना
बिम्स्टेक सुरक्षा : मोदी चढ्ने गाडीसहित भारतीय कमाण्डो टोली पुग्यो काठमाडौंमा
बिम्स्टेक सुरक्षा : मोदी चढ्ने गाडीसहित भारतीय कमाण्डो टोली पुग्यो काठमाडौंमा
हेलिकप्टर दुर्घटना अपडेटः घाइते पाइलटलाई काठमाडौं ल्याइयो
हेलिकप्टर दुर्घटना अपडेटः घाइते पाइलटलाई काठमाडौं ल्याइयो
निर्मला हत्याकाण्ड: मामानै भिलेन बनेपछि…
निर्मला हत्याकाण्ड: मामानै भिलेन बनेपछि…

तपाईंले छुटाउनुभयो कि?