राष्ट्रियसभा अध्यक्षलाई भेटेर के भने जापानका राजदूतले ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०७५
|
|
२६ पटक हेरिएको
Shares
राष्ट्रियसभा अध्यक्षलाई भेटेर के भने जापानका राजदूतले ?

सारांश

  • काठमाडौं, २६ असार ।
  • राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि जापानका राजदूत मासाचिमी सिगो ९ ःबकबmष्अजष् क्बष्नय ० ले शिष्टाचार भेटघाट गरेका छन् ।
  • सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा नेपाल र जापानबीचको कुटनीतिक सम्बन्ध सधै सुमधुर रहेको अध्यक्ष तिमिल्सिनाले बताए ।

काठमाडौं, २६ असार । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि जापानका राजदूत मासाचिमी सिगो ९ ःबकबmष्अजष् क्बष्नय ० ले शिष्टाचार भेटघाट गरेका छन् ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा नेपाल र जापानबीचको कुटनीतिक सम्बन्ध सधै सुमधुर रहेको अध्यक्ष तिमिल्सिनाले बताए । उनले नेपाल लामो संक्रमणपछि शान्ति र विकासतर्फ अगाडि बढेकाले विगतमा जस्तै आगामी दिनमा पनि जापानको सहयोग निरन्तर हुने अपेक्षा व्यक्त गरेका थिए ।

अध्यक्ष तिमिल्सिनाले जापानले नेपालको पूर्वाधार निर्माण, भूकम्पपछिको पुननिर्माण, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा पु¥याएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए । “नेपालको भौतिक, आर्थिक, मानव संशाधन विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य, कृषिलगायतको विकासमा सहयोग निरन्तर हुनेछ भन्ने विश्वास लिएको छु”, उनले भने ।

बुद्धको जन्मभूमि नेपालमा विशेषगरी जापानंका बुद्ध धर्मालम्बी धार्मिक पर्यटकको रुपमा आउने र नेपाली पनि अध्ययन, रोजगारी तथा व्यापारका लागि जापान जाने गरेकाले जनस्तरको सम्बन्ध मजबूत बनाउन सहयोग पुगेको बताए ।

यसैबीच राजदूत सिगो कुटनीतिज्ञसँगै एक कृषि विशेषज्ञ भएको जानकारीमा आएको बताउँदै उनले भने, “तपाईंको कृषि क्षेत्रको विशेषज्ञताले कृषिप्रधान देश नेपालले यसको आधुनिकिकरण तथा प्रविधि प्रयोगमा सकारात्मक प्रभाव ल्याउने अपेक्षा लिएको छु ।”

अध्यक्ष तिमिल्सिनाले विगतको संसदमा नेपाल जापान संसदीय मैत्री समूह गठन भएको र अब संघीय संसदको नेपाल जापान संसदीय मैत्री समूह गठन गर्ने जानकारी गराए । उनले राजदूत सिगोको कार्यकाल दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन सफल हुने विश्वास व्यक्त गरे ।

भेटमा राजदूत सिगोले दुई देशको सम्बन्ध र सहकार्यलाई प्रभावकारी बनाउन जनता, सरकार र संसदसँग सम्बन्ध चाहेको बताए । उनले आफू कृषि क्षेत्रको व्यक्ति भएकाले जापानमा प्रयोग भएको कृषि प्रविधिले नेपालमा सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेरो हत्या गर्ने उद्देश्यले हमला भयो’
मेरो हत्या गर्ने उद्देश्यले हमला भयो’
नेपाल अाइडलका सुमितले झापामा देखाएकाे याे व्यबहार, अस्मिताकाे यसरि भयाे बेइजत !
नेपाल अाइडलका सुमितले झापामा देखाएकाे याे व्यबहार, अस्मिताकाे यसरि भयाे बेइजत !
राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगितामा पुर्वाञ्चलको जित
राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगितामा पुर्वाञ्चलको जित
महिनावारी हुँदा अत्याधिक पेट दुख्छ भने अपनाउनुस् यी उपायहरु
महिनावारी हुँदा अत्याधिक पेट दुख्छ भने अपनाउनुस् यी उपायहरु
फेसएप प्रयोग गर्दा जासुसी हुन सक्ने अमेरिकाको चेतावनी
फेसएप प्रयोग गर्दा जासुसी हुन सक्ने अमेरिकाको चेतावनी
नेपालमा कोरोना संक्रमित घट्दै, आइतवार ७ हजार ९१४ संक्रमित थपिए
चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्न आग्रह
चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्न आग्रह
ल्यापटप, मोबाइल, प्रिन्ट, फोटोकपी र चिपलेबलमा युवालाई दक्ष बनाउँदै एलाईन्स
ल्यापटप, मोबाइल, प्रिन्ट, फोटोकपी र चिपलेबलमा युवालाई दक्ष बनाउँदै एलाईन्स
बालेनले कटाए २५ हजार मत: केशव र सिर्जना भन्दा दोब्बर मत
बालेनले कटाए २५ हजार मत: केशव र सिर्जना भन्दा दोब्बर मत
काठमाडौंमा यो वर्षकै चिसो, वर्षा र हिमपातको सम्भावना
काठमाडौंमा यो वर्षकै चिसो, वर्षा र हिमपातको सम्भावना

तपाईंले छुटाउनुभयो कि?