युभन्ट्सको गोलरहित बराबरी

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २९, २०७६
|
|
३८ पटक हेरिएको
Shares
युभन्ट्सको गोलरहित बराबरी

सारांश

  • एजेन्सी ।
  • ईटालियन सिरि एमा युभेन्ट्सले फियोरेन्टिनासंग गोल रहित बराबरी खेलेको छ ।
  • मुख्य प्रशिक्षक माउरिजियो सर्री पहिलो पटक मैदान फर्किएको खेलमा युभेन्ट्सले गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।

एजेन्सी । ईटालियन सिरि एमा युभेन्ट्सले फियोरेन्टिनासंग गोल रहित बराबरी खेलेको छ । मुख्य प्रशिक्षक माउरिजियो सर्री पहिलो पटक मैदान फर्किएको खेलमा युभेन्ट्सले गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।

निमोनियाका कारण चेल्सीका पुर्व प्रशिक्षक सर्री पहिलो दुई खेलमा अनुपस्थित थिए । पोर्चुगलको राष्ट्रिय टिमबाट पछिल्लो समय चार गोल गरेका क्रिस्टियानो रोनाल्डो युभेन्ट्सका लागि गोल गर्न असफल रहे । खेलको अन्तिम सयममा उनले गरेको प्रहार समेत निशानामा थिएन ।

फ्रान्क रिबेरीले फियोरेन्टिनाको जर्सीमा सिरि एमा डेब्यु गरेको खेलमा घरेलु टोलीले अंक जोड्न सफल रह्यो । रिबेरी पहिलो खेलमै आफ्नो प्रभाव जमाउन सफल रहे । बार्यन म्युनिखका लिजेण्ड रिबेरीले घरेलु टोलीबाट प्रभावशाली प्रर्दशन गरेका थिए । ईटालियन च्याम्पियन युभेन्ट्सले सुरुवाती दुई लिग खेल जितेको थियो ।

चोटका कारण युभेन्ट्स ड्युगलस कोस्टा, मिरालेम पेनिक र ड्यानिलोबिनै मैदान उत्रिएको थियो । फियोरेन्टिना लिगका १७ खेलमा जित विहिन छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?